बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • भ्रमण बर्ष २०२०: फिकुरी ट्रेकिङको अवलोकन भ्रमण सुरु

    समीकरण २०७६, ११ फाल्गुन आईतवार १०:३८ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर – नेपाल भ्रमण बर्ष २०२० तथा आन्तरीक पर्यटनलाई प्रबर्द्धन गर्ने उदेश्यले ५ दिने अध्ययन अवलोकन भ्रमण सुरु भएको छ ।

    नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा फागुन ११ गतेदेखि १५ गतेसम्म पाँच दिने भ्रमण हुन लागेको हो । नुवाकोट र रसुवामा पर्यटन भित्राउनका लागि पर्यटन व्यवसायी, पत्रकार तथा सरोकारवालाको समूहले सहभागिता जनाएका छन् ।

    नुवाकोट जिल्लाको ऐतिहासिक साततले दरबार क्षेत्र, नवनिर्मित दरवार एडभेन्चर जीपलाइन, ऐतिहासिक सूर्यगढी हुँदै तामाङ जातिहरूको जीवित संग्रालय किस्पाङ गाउँ र प्रकृतिको सुन्दर अवलोकनका लागि प्रसिद्ध फिकुरी डाँडासम्मको अवलोकन समुहले गर्ने रसुवा नुवाकोट पर्यटन समाजका महासचिव शिव अधिकारी अबिरलले जानकारी दिए ।

    त्यसैगरी रसुवाको घलेगढी तथा डाँडागाउँस्थित आकर्षक भांगेखोला हुँदै झरेको पातले झरना र बेत्रावतीमा रहेको पौराणिक महत्वको उत्तरगया क्षेत्रको अवलोकन गर्नेछ ।

    अवलोकनमा सूर्यगढी, किस्पाङ, उत्तरगया, कालिका गाउँपालिका, टान, एनएमएको सहयोगमा भएको हो ।

    #समाचार

    फेसबुक प्रतिक्रिया