बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • ठगीको आरोपमा अनमोल केसीविरुद्ध प्रहरीमा उजुरी

    समीकरण २०७६, १६ फाल्गुन शुक्रबार ११:०८ पढ्न लाग्ने समय < 1 मिनेट

    महानगरीय प्रहरी परिसर काठमाडौंमा अभिनेता अनमोल केसीविरुद्ध ठगीको उजुरी परेको छ ।

    फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार निर्माताद्वय रुपेश खड्की र जयन श्रेष्ठले अभिनेता केसीविरुद्ध जाहेरी दिएका हुन् ।

    निर्माताद्वय श्रेष्ठ र केसीले गत असोज तीन गते अभिनेता केसीसँग ‘धुपौरे’ फिल्मका लागि रु ४० लाखमा सम्झौता गरेका थिए ।

    सोही सम्झौता अनुसार अभिनेता केसीले एभान्स स्वरुप पाँच लाख रुपैया लिएपनि फिल्म नखेलेर ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ ।

    त्यस्तै अभिनेता केसीले तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै आफूहरुको थप २ लाख ५० हजारसमेत सकाएको पनि उल्लेख गरिएको छ ।

    #मनाेरञ्जन

    फेसबुक प्रतिक्रिया