शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • ग्लोबल ‘टपअप मुद्दती निक्षेप योजना’ संचालनमा

    समीकरण २०७६, २० फाल्गुन मंगलवार १७:०७ पढ्न लाग्ने समय < 1 मिनेट

    काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । 

    यस योजनामा न्यूनतम १० हजारमा सहभागी हुन सकिने छ । जसअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् ।

    साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेको छ ।

    ग्राहकहरुले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा ग्लोबल टपअप मुद्दती खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् । 

    #अर्थ

    फेसबुक प्रतिक्रिया