शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्न छुट्टै व्यवस्था

    समीकरण २०७६, २० फाल्गुन मंगलवार १४:३९ पढ्न लाग्ने समय < 1 मिनेट

    प्रधानमन्त्रीको निजी वेबसाईटमार्फत उनलाई देश तथा विदेशमा रहेकाहरूले स्वास्थ्यलाभको कामना गर्न सक्ने छन्।

    काठमाडौं। मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्न सचिवालयले छुट्टै व्यवस्था गरेको छ।

    प्रधानमन्त्रीको निजी वेबसाईटमार्फत उनलाई देश तथा विदेशमा रहेकाहरूले स्वास्थ्यलाभको कामना गर्न सक्ने गरी व्यवस्था मिलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

    यसअघि एपेण्डिसाइटिसको शल्यक्रियाको क्रममा अस्पतालमा भर्ना हुँदा प्रधानमन्त्रीको स्वास्थ्यलाभ गर्न यसैगरी व्यवस्था मिलाइएको थियो।

    २१ फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओली १९ फागुनमा महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।

    #फिचर

    फेसबुक प्रतिक्रिया