शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • खतिवडाले दोस्रो कार्यकालका लागि सम्हाले अर्थ मन्त्रालय

    समीकरण २०७६, २२ फाल्गुन बिहीबार १०:५५ पढ्न लाग्ने समय < 1 मिनेट

    नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले कार्यभार सम्हालेका छन्।

    बुधबार अपरान्ह राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर खतिवडाले कार्यभार सम्हालेका हुन्।

    यसअघि उनले मंगलबारमात्र अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

    पदभार सम्हालेपछि खतिवडाले अर्थ मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

    संघीय संसद नभएका खतिवडा मन्त्री भएका हुन्। संविधानले संघीय सांसद नभएको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था गरेको छ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया