बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • पहिलो पटक मिस वर्ल्ड नेपालमा आईन

    समिकरण न्युज २०७६, २३ फाल्गुन शुक्रबार ११:०७ पढ्न लाग्ने समय < 1 मिनेट

    काठमाडौं । सन् २०१९ की मिस वल्र्ड विजेता टोनी–एन सिंह बिहीबार नेपालमा आएकी छिन । संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन ।

    गत जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले जुलिया मोर्ले र मिस वल्र्ड विजेतालाई उसको २५ औँ वार्षिकोत्सवमा निमन्त्रणा गरेको थियो । सोही निमन्त्रणा मान्न उनीहरू नेपाल आएका हुन ।

    पहिलो पटक मिस वल्र्ड अर्गनाइजेसनका अध्यक्ष तथा मिस वल्र्डले नेपाल भ्रमणमा आएका हुन ।

    नेपाल भ्रमणको क्रममा मिस वल्र्ड अर्गनाइजेसन समूहले नेपालले मिस वल्र्ड प्रतियोगिता आयोजना गर्ने सम्भावनालाई ध्यान दिनेछ । यो टोलीले मिस वल्र्डमा ‘विउटी विथ पर्पाेज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्लासमेत भ्रमण गर्ने मिस नेपाल आयोजक हिडेन ट्रेजरले जनाएको छ ।

    #समाचार

    फेसबुक प्रतिक्रिया