बुधबार, ३ कार्तिक २०७८
  • adarsha computer nuwakot
  • बैंक अफ काठमान्डूलाई हावाहुरीले हल्लाउन सक्दैन

    समिकरण न्युज २०७६, २३ फाल्गुन शुक्रबार ११:१३ पढ्न लाग्ने समय 9 मिनेट

    शोभनदेव पन्त, सिईओ, बैंक अफ काडमाडू लि.

    नेपालको बैंकिङ क्षेत्रमा झण्डै ४ दशक विताइसकेका शोभनदेव पन्त बजारमा चिरपरिचित बैंकर हुन् । हाल क्रियाशील बैंकरमध्ये सबैले सम्मान गर्ने अनुभवी वरिष्ठ बैंकरको रुपमा पन्तलाई चिनिन्छ । नविल बैंकमा पहिलो नेपाली सीईओको पहिचान बनाएका पन्त बिग्रिएर खारेजीमा जान ठिक्क परेको तीनवटा ठूला बैंकलाई सुधारेर बचाउने कामको श्रेय पनि पन्तमाथि नै जान्छ । जब–जब नेपालमा बैंकिङ क्षेत्रमा समस्या आउ“छ, तब शोभनदेवको नाम आइहाल्छ । नेपालमा ३ वटा बैंकलाई पुनर्जीवन दिएका बैंकिङ क्यारियरबाट बिदा लिएर बसेका थिए । तर, पुनः बैंक अफ काठमाडूमा जोडिए र अहिले पनि उत्तिकै सक्रिय छन् ।

    सन १९८४ मा नेपालमा पहिलोपटक प्राइभेट सेक्टरको बैंक नेपाल अरब बैंक खुल्दा पन्तले म्यानेजमेन्ट ट्रेनीमा मासिक २६ सयमा तलबमा जागिर सुरु गरेका थिए । उनै पन्त नविल बैंक बनेपछि विदेशीले छाडे पनि सीईओसमेत बन्न सफल भए । नेपाल बैंकमा वित्तीय संकट परेर थला पर्न लागेको थियो, सो बैंकलाई उठाउन पन्तसहितको विदेशी व्यवस्थापन टिम लागेको थियो । पन्तले आफनो कार्यकुशलता राष्ट्रिय बाणिज्य बैंकमा पनि लागू गर्ने मौका पाए । नेपाल बैंक र बाणिज्य बैंक उठाउन भूमिका खेलेका पन्तको खोजी अर्को निजी बैंकमा पनि सुरु भयो । तत्कालिन अवस्थामा लुम्बिनी बैंकलाई साह्रै समस्या थियो । बैंकनै बन्द गर्नलाई सञ्चालक समिति तत्कालिन गभर्नर विजयनाथ भट्टराईकहा“ ताला बुझाउन पुगेका थिए । गभर्नर भट्टराईले शोभनदेवको नाम लि“दै उहा“को जिम्माले लुम्बिनी बैंकले पुनर्जीवन पाउने भन्दै सुझाएर पठाए । सोही अवस्थामा पन्तले लुम्बिनी बैंक सीईओ भएर सम्हाले । सञ्चालकको समेत संस्थापक सेयर लिलाम गरेर उनले बैंकको डुबेको ऋण उठाए । १० वर्षमा बैंकलाई कायपलट नै गराएर बैंक अफ काठमाण्डूस“ग मर्जर गराए । पन्तकै सल्लाहमा लुम्बिनी र बैंक अफ काठमान्डू मर्जर गराएर आफुभने अवकाश लिएको घोषणा गरे । तर, बीचैमा बिओकेका तत्कालिन सीईओ अजय श्रेष्ठले राजीनामा दिएपछि बैंक सञ्चालक समितिले उनैलाई सीईओमा भित्र्यायो ।
    जबकी त्यसअघि उनले विभिन्न बैंकबाट आएको सीईओको अफर अस्वीकार गरेका थिए । अढाई वर्षअघि सीईओ नियुक्त भएका पन्तको कार्यकाल अझै डेढ वर्ष बाँकी छ । त्यसपछि उनी सक्रिय बैंकर्स जीवनबाट स्थायी अवकाश लिने योजनामा छन् । बैंकर्स एशोसिएसनमा पटक–पटक नेतृत्व लिन आग्रह गर्दा इन्कार गरेका पन्त चर्चाका लागि मिडियामा आउन चाहँदैनन् । पछिल्लो समय बिओकेका पूर्वसीईओ अजय श्रेष्ठ पक्राउपछि उनीमाथि केही आरोपहरू आएपछि यस पंतिकारको लामो आग्रहपछि उनले मिडियामा आफ्नो कुरा राखे । अन्तर्वार्ताका लागि पटक–पटक अनुरोध गर्दा अनौपचारिक कुरा गर्न मात्र रुचाउने पन्तसँग यसपटक हामीले औपचारिक कुराकानी गरेका छौं ।

    झन्डै ४ दशक बैंकिङ गरेको बैंकर्सको आ“खाबाट अहिलेको बैंकिङ प्राक्टिसलाई कसरी हेरिरहनुभएको छ ?
    बैंकीङ भन्ने विषय जति टफ हुँदै गयो । नर्मल ओरालो बाटोमा त स्ट्यामिनाटिक्स हुँदैन नि । त्यसैले गर्दा बैंकीङ सेक्टरमा च्यालेन्जहरू छन् । च्यालेन्ज लिँदाखेरि हामीले स्वीकार गर्नुपर्छ । च्यालेन्जहरूलाई हामीले जुधेरै जाने हो । समथरमा दौडाएर, ओरालोमा स्टेरिङमात्र समातेकोजस्तो बैंकिङ छ, अहिले ।

    निकै सिम्बोलिक कुरा गर्नुभो । गाह्रो परेको हो ?
    अनुमान गर्न नसकिने तरिका घट्नाक्रमहरू विकास हुदै जान्छ । चुनौतिहरू नयाँ–नयाँ रुपरङ्गमा आउँछन् । यद्यपि, अहिलेसम्म नेपाली बैंकिङ धरापमा भने परेको छैन ।

    बैंक अफ काडमाण्डू २५ वर्ष पुग्यो, २५ वर्षमा कति प्रगति गर्यो त ?
    बैंक अफ काठमाण्डू २५ वर्षमा विभिन्न आरोह– अवरोह पार गर्दै अत्यन्त सक्षम बनेको छ । बैंक अफ काठमाण्डूको सबैभन्दा ठूलो भूमिका दीर्घकालिन भिजन हो । फाइनान्सियल सेक्टर बैंक सर्ट टर्मको लागि दौडिने घोडा हैन । बैंकीङ क्षेत्र पुस्तौँ–पुस्तासम्म चल्नको लागि हो । डिपोजिटरको विश्वास आर्जेर एउटा नासोको रुपमा डिपोजिट लिएर जनताको विश्वास जितेर बनेको संस्था हो । सबै स्टेकहोल्डरहरूलाई दीर्घकालका लागी कसरी प्रोटेक्सन गर्ने भन्ने हिसाबबाट जानुपर्छ । बैंक अफ काठमाण्डू त्यही सोचमा अघि बढिरहेको छ ।
    बैंक अफ काठमाण्डूलाई एउटा गर्वको कुरा के हो भने नेपाल राष्ट्र बैंकले विगत ४ वर्षमा जुन मर्जरको नीति लियो । त्यो मर्जरको नीतिलाई सपोर्ट गरेर तत्कालिन लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू मर्ज भए । दुईटै राम्रा बैंकहरू हुन् । लुम्बिनी पनि करिब १० वर्षको मेहनतले स्ट्रङ बनेको थियो । र बैंक अफ काठमाण्डू आफैँमा एउटा नाम चलेको बैंक हो । हाम्रो २५ औं वार्षिक उत्सवमा राष्ट्र बैंकका गभर्नरले पनि राम्रा राम्रा बैंकहरू मर्जको राम्रो उदाहरण दिनुभएको थियो । त्यो एनालाईसिस गर्दा बैंक अत्यन्त राम्रो भएको रैछ भन्ने भान भयो मलाई पनि । सोचे भन्दा बढि राम्रो भएको रहेछ ।

    बैंकको वित्तीय अवस्था त मजबुत हुन सकेन नि ?
    दुईवटा बैंक मर्ज गर्दा ५ अर्ब ६२ करोड पेड अफ क्यापिटल थियो । अरु बैंकले जस्तो ७/८ ओटा संस्था मर्ज गरेका छत छैनौं नि । हामीलाई धेरै संस्था मर्ज गर्नेसँग तुलना गर्न मिल्दैन । अहिले आएर हाम्रो क्यापिटल ८ अर्व ५४ करोड रहेको छ । मर्जरपश्चात् हामीले आव २०७५/०७६ मा क्यापिटल झण्डै ५१.८२ प्रतिशतले पेडअप क्यापिटल बलियो भएको छ ।
    मर्जर हुँदा करिब २२.८ प्रतिशतको हाराहारीमा डिपोजिट दर रहेको थियो । लोन एण्ड एड्भान्समा २५.७५ प्रतिशतले ग्रोथ छ । दुईटा बैंक जोड्दा नेट प्रोफिटमा हामीसँग १ अर्ब १ करोडको थियो । २०७५/०७६ मा हामीले १ अर्ब ८९ करोडको प्रोफिट गर्यौँ , त्यो भनेको झन्डै ८६.८३ प्रतिशतले ग्रोथ भएको हो । बैंकको ईफिसेन्सी हेर्ने हो भने पहिला बैंक अफ काठमाण्डूको मर्जर भएको बेलामा एउटा कर्मचारीले १२ लाख ९७ हजार कमाउँथ्यो । मर्जर भएपछि एउटा कर्मचारीले २४ लाख ४५ हजार कमाउँछ । भनेपछि ८८ प्रतिशतको ग्रोथ छ । बैंकको सबै प्यारामिटरमा राम्रो भएर आएको छ । बिओके र लुम्बिनी मर्ज हुँदा सिनर्जी इफेक्ट देखिएको छ ।

    यो त फिगरको कुरा भयो । बजारमा नम्बर वाईज हेर्ने हो भने बिओके धेरै पछाडि रहेको छ नि ? स्वीकार गर्नुहुन्छ ?
    तथ्यलाई स्वीकार नगर्ने भन्ने भएन । एनालाईसिस गर्ने दृष्टिकोण फरक हुन्छ । बिओके कतिवटा बैंकसँग मर्जर भयो ? एउटा बैंकसँग मात्र मर्ज भयो । त्यो पनि सानो बैंक थियो । संख्यात्मकरुपमा हेर्ने हो भने अरु बैंक धेरैपटक मर्ज भए । कतिपय बैंकहरूले क्यापिटल पु¥याउनको लागि १० वटा बैंकसँग पनि मर्ज गरेका छन । तिनीहरूसँग कम्पेयर गर्न कसरी मिल्छ ? तुलना गर्दाखेरि एप्पलको एप्पलसँगै गर्नुपर्यो क्या । अबको तुलना प्रोफिट कति भयो भन्नेमा होइन कि रिटर्न एण्ड ईन्भेष्टमा, रिटर्न एण्ड ईक्युटीमा र पर ईम्प्लोई प्रोग्रेसमा तुलना गर्नुप¥यो । तपाईंले एक्च्यूअल फिगरमा कम्पेयर गरेर त्यसले त्यति मिनिङ दिँदैन । ईफिसेन्सीका कुरा गर्ने हो भने कतिजना स्टाफले कति इन्कम ग¥यो भन्ने हुन्छ । ३ हजार स्टाफ राखेर ३ अर्ब प्रोफिट गर्नु र ७ सय जना राखेर २ अर्ब प्रोफिट गर्नुमा पर ईम्प्लोई कसको बढी भयो ? हेर्ने भनेको रिटर्न एण्ड इक्विटी हो । यसमा हामी बलियोमा पर्छौं ।

    अहिले फेरि मर्जरमा जाने जस्तो यो बैंकको प्लान देखि“दैन, प्रतिस्पर्धा धेरै छ, अब एक्लै हि“ड्न सकिन्छ त ?
    सकिन्छ । राज्यको पोलिसी आयो भने हामी मर्जरमा जानलाई तयार नै छौँ । राष्ट्र बैंकको पोलिसीलाई सपोर्ट गर्ने भरे कै हामीले त हो नि । अरुकोचाहिँ ए लेभलको बैंक मर्जर भयो ? अहिले आएर जनता बैंक मर्जर भएका हुन् । अघिल्लोपटक २ अर्बबाट ८ अर्ब बनाउने पोलिसी आएपछि कुनै पनि बाणिज्य बैंक मर्ज भएन । हामीले राष्ट्र बैंकको नीतिलाई सहयोग गरेका हौं । अहिले आएर जनता बैंकको सपोट भयो । बैंक अफ काठमाण्डू मर्जर नभए पनि बजारमा सक्षम रुपमा स्ट्याण्ड गर्न सक्ने थियो अब पनि सक्छौँ । हाम्रा फण्डामेण्टल फिगरहरू एकदमै स्ट्रङ छन् । हामीसँग लोनको क्वालिटी हेर्ने हो भने मर्जर गर्ने बेलामा खराब कर्जा अनुपात २.२५ प्रतिशत रहेको थियो । अहिले त्यो आएर घटेर १.५४ मा आएको छ । सबै पक्षबाट बैंक अफ काठमाण्डू मज्जाले टिक्छ । बैंक अफ काठमाण्डूलाई कुनै पनि हावाहुरीले हल्लाउन सक्दैन ।

    मर्जर अगाडी बिओके आफैमा एउटा बलियो बैंक थियो । मर्ज भएपछि बैंक एकदमै राम्रो हुनुपर्ने, तर जति गर्नुपर्ने हो, त्यति गर्न सकेन भन्ने छ नि ?
    तपाईंको बुझाइको कमी हो । हामी अरुको जसरी गीत गाएर हिँड्दैनौ, गीत गाउने पेशामा छैनौ । हामी भनेको बैंकलाई सुरक्षित दिसाबाट म्यानेज गरेर लैजाने हो । फिल्म इण्डष्ट्रीको जस्तो फोटो खिचाएर जाने होइन । डिपोजिटरको हित संरक्षण गर्नको लागि बसेको संस्था हो । मर्जर अगाडिको बिओके र मर्जरको २ वर्षपछिको प्रगति पर ईम्प्लाई ईफिसेन्सीमा ८८ प्रतिशतले बढेको छ । तपाई यसलाई नक्कली फिगर भन्नुहुन्छ ? मर्जर हुँदा २०७२/०७३ को ब्यालेन्ससिट र २०७५/०७६ को पब्लिस भएको फिगर हेरेर कम्पेयर गर्न सक्नुहुन्छ । बैंक भनेको मिडिया कम्पनीजस्तो त होइनौँ । २ वर्षको अवस्थामा के सुधार भयो भन्नुहोला तपाई बैंकको सबै डाटा हेर्नुहोस् । अघिल्लो वर्ष बैंकका सेयरधनीलाई २५ प्रतिशत र पोहोर साल हामीले १७ प्रतिशत डिभिडेन्ट दियौं ।

    लुम्बिनी र बैंक अफ काठमाण्डू मर्ज भयो, तर बोर्ड र म्यानेजमेन्टमा लुम्बिनीकै हालीमुहाली भएका कारण ग्रोथ लिन सकेन भन्ने आरोप छ नि ?
    मर्जअघिको ग्रोथ मैले तपाईंलाई बताइसके नि । हालीमुहाली गलत शब्द हो । कुनै पनि संस्थामा व्यवस्थापन, सञ्चालकमा सेयरधनीले चुनाव गरेर चुन्छन् । त्यसमा के हालीमुहाली भयो र । बिओकेको सञ्चालक लटरपटर पारेर झुक्याएर आएका हुन् र ? के कोही जवरजस्ती गरेर आएको हो । मलाई त्यस्तो लाग्दैन । म पनि सञ्चालकको चुनाव हुँदाखेसरि म त्यही थिएँ, कुनै धाँधली थिएन । एउटा डेमोक्रेटिक तरिकाले चुनाव भएको हो । जसले जित्यो, उनीहरू बोर्डमा आए । त्यसमा के हालीमुहाली भयो र ।

    सीईओ खान्न भन्दै बाहिर बस्नुभएको थियो, फेरि आउनुभयो । त्यसमा बाध्यता के थियो ?
    मैले खान्नै भन्या हो । मेरो मान्यता जहिले पनि युवालाई नै दिनुप¥यो भनेको हो । मर्जर हुँदा पनि मेरो कन्ट्याट त बाँकी नै थियो । मैले भने मर्जर सफल हुनको लागि म भन्दा योङ् जेनेरेशनकोले चलाउनुहोस् भनेर छाडेको । मलाई कसैले छोड् भनेको पनि होइन । राष्ट्र बैंकले लिखित एग्रिमेन्टमा नै राखेको थियो कि पदावधि कायम रहुन्जेल बस्न पाउने । मलाई केही बाध्यता थिएन । यसबीच, अजय श्रेष्ठले छोड्नुभयो कुनै कारणवस । त्यसको पछाडि पनि अनायाश राजनीति गर्नुपर्ने कारण केही थिएन । उहाँलाई बस्न मन लागेन छोड्नुभयो । बोर्डले पनि आफ्नो भिजनअनुसारको म्यानेजमेन्ट खोज्छ । म्यानेजमेन्टले पनि जुन बोर्डसँग बसेर काम गर्न सक्छ । त्यहीअनुसार मलाई अफर आयो म आएँ ।

    पूर्वसीईओको अजय श्रेष्ठको विषयमा एउटा ईस्यू उठ्यो, उहा“ जेल पनि पर्नुभयो । तपाईंमाथि ठूलो आरोप पनि लगाइयो, दुईटा संस्था मर्ज भएको तुष पनि देखाइयो भनियो । तपाईंले यसलाई कसरी लिनुभएको छ ?
    जसको बिरामी मानसिकता छ, उसले भन्ने हो । कुनै मानिस बिरामी छ, मानशिक सन्तुलन बिग्रिएको ब्यक्ति छ । सडकमा विभिन्न आचरण गर्दै हिँड्छ भने तपाईं त्यसको पछि लागेर के गर्नुहुन्छ ? सडकमा जे पनि गर्दै हिँड्ने बेठिक म ठिक भन्दै हिँड्नुहुन्छ तपाईंले । जहाँसम्म बिओकेमा हुनु नपर्ने घटना घट्यो । बैंक अफ काठमाण्डूले एउटा जिम्मेवार बैंक भएको नाताले बैंकभित्र एउटा फर्जरी केसलाई सबुत प्रमाणहरूसहित सरकारी निकम्मा छानविनका लागि पठाएको हो । त्यो पनि मैले हैन बोर्ड निर्णय गरेर पठाएको ।
    एउटा समूहले संगठितरुपमा बैंकको पैसा ठगी गरेको हो । प्रमाण भइसकेपछि भित्रबाट यसलाई कसरी सल्टाउने ? हामी डिपोजिटको सुरक्षा गर्ने संस्था भएकोले संगठीत अपराध हुन्छ, संगठित जालसाजी हुन्छ, ठगी हुन्छ । यसमा के हामी हेरेर बसौं ? यस्तो घट्ना त हाम्रो बैंकलाईमात्र होईन फाइनान्सियल सेक्टरमै धेरै होलान् भनेर राज्यले छानविन गरोस् भनेरे निवेदन दिएको हो । कुनै पनि ब्यक्तिप्रति हाम्रो दोष छैन । हुनुपर्ने कारण के छ र ? उद्देश्य के छ ? के बैंकको डुबेको ऋण उठाउने जिम्मेवारी मेरो होइन ? अरु घटनाक्रम जति भए हामीले कुनै ब्यक्तिलाई आरोप लगाएका छैनौँ । हाम्रा कर्मचारी हुन्, हाम्रा पूर्वकर्मचारी हुन् । कसैले गल्ती गरेका छन् भने उनीहरू त्यसको भागिदार हुनुपर्ने त्यो आफ्नो ठाँउमा रह्यो । तर, हाम्रो कुनै ब्यक्तिप्रति द्वेषभाव हुनुपर्ने कारण छैन । यति गैरजिम्मेवार कुरा गरेर हिँड्नेहरूप्रति कुनै टिप्पणी छैन । बिओकेमा फर्जरीको घटना घटेको हो । त्यसको लागि हामी सम्बन्धित निकायमा गयौँ । ताकि अन्तः पनि यो घटना नघटोस् । यसमा छानविन गरिदिनुप¥यो भनेर हामी गएका हौँ । हाम्रो गल्ती के ? यसमा सरकारी निकायले केके ग¥यो, त्यसको दोष हामीलाई लगाउन मिल्दैन ।

    तपाईं सिस्टममा जानुभयो, तर यति प्रहार किन भयो ?
    त्यो प्रहार गर्नेलाई सोध्नुहोस् । अथवा प्रहार गर्ने लाई यहाँ लिएर आउनुहोस्, सँगै बसेर कुरा गरौँला ।

    तपाईं माथि प्रहार भयो भन्ने लाग्छ कि नाई ?
    अब प्रहार गर्नेलाई सोध्नुस्, तपाईंले बुझ्नुभएको छ । गर्नेलाई गएर सोध्नुस । उहाँहरूको उद्देश्य के हो ? मलाई त्यसमा लेना पनि छैन देना पनि छैन । म यहाँ बैंक चलाउन आएको हो । मेरो सबैप्रति सद्भाव छ । हिजोका दिनका कर्मचारीप्रति पनि मेरो सद्भाव छ । आजका कर्मचारीमाथि पनि सद्भाव छ । तर, बैंकभित्र बस्ने कर्मचारीहरू एउटा अनुशासनमा बस्नुपर्छ । किनभने हामी एउटा जिम्मेवार पब्लिकको पैसा लिएर बसेको संस्थाका कर्मचारीहरू जथाभावी गरेर हिँड्न मिल्दैन ।

    पूर्वसीईओसँग तपाईको कुनै ईगो थियो र ?
    तपाईंलाई लाग्छ र ? कारण के ? म सधैँ उहाँलाई उच्च स्तरमा हेरेको मान्छे हो । उहाँबाट जहिलै पनि सहयोग आएको छ । यो बैंकमा मर्ज गर्नको लागि प्रस्ताव लिएर म आफैँ आएको हुँ । सीईओ पद मैले नै छोडेर गएको हो । आज पनि उहाँलाई ल्याउँछन् भने म बाटो खोल्न तयार छुँ । म बैंकको होल क्यारियरमा जिम्मेवारपूर्ण छुँ । बैंक अफ काठमाण्डूले फाईनान्सियल सेक्टरको नयाँ प्रोटेक्सन गर्नको लागि हामीले पहल कदमी लियौँ । हामीकहाँ एउटा जालसाजीको घटना भयो, त्यसमा लकाउनुपर्ने कुरा छैन नी । यदि कसैको घरमा चोरी भयो भने लुकाउन त मिल्दैन नि । त्यसमा छानविन गर्ने निकायले काम अगाडि बढायो । त्यसमा बैंक दोषी भएन नि ।

    यो केश अदालतमा के भइरहेको छ ?
    मुद्दाको छिनोफानो नभएसम्म हामी केही बोल्दैनौ । हाम्रो अनुशासनले बोल्न मिल्दैन । हाम्रो नैतिकताभन्दा बाहिरको कुरा हो । प्रक्रियामा छ । राज्यको निकायले छानविन गर्छ । यसमा साथीहरूले दुःख पाए । हामी फिल गर्छौै । एउटा आफ्नै परिवाका व्यक्तिहरूलाई यस्तो हुँदा दुःख लाग्दैन र ? तर के म रोएर हिँड्नुभयो र बजारमा ? तर पनि अफवाह फैलाइयो । मलाई त केही ब्यक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्नको लागि अफवाह फैलाएको जस्तो लाग्छ । यो गर्नुको एकरत्ति पनि कारण छैन । यो लेवलको भ्रम फैलाएर गर्नुलाई कल्पना पनि गर्दिन । बैंकले ऋण उठाउनु गलत काम गरेको हो र ? छानविन गरिमाग्नु के गलत हो र ? हामीबाट कुनै गल्ती भएको छैन ।

    बैंकिङ कसुर र सम्पत्ति शुद्धिकरण कानुनले बैंकहरूलाई दुःख दियो भनिन्छ, के लाग्छ तपाईंलाई ?
    हुनुपर्ने त्यही नै हो । समस्या त्यहीँ छ । स्थिति यस्तो सिर्जना नहोस् कि यो भयले गर्दा अपराध जति लुकाएर राख्ने प्रवृत्ति । त्यो आएमा राम्रो हुन्छ । यसमा धेरै छलफल, बैंकहरूसँग भएका छन् । कानुनमा केही परिवर्तन आवश्यकता छन् भन्नेमा धेरैलाई त्यो महसूस पनि भएको छ । किनभने बैंक अफ काठमाण्डूको यो घटना त एउटा माध्यममात्रै भयो । तर, बैंकिङ कसुरको सिकार भएका त धेरै छन् नि । कानुनको बारेमा जागरण बढ्यो । बैंक अफ काठमाण्डूले यति राम्रो काम ग¥यो भनेर धन्यवाद दिए पनि हुन्थ्यो नि ।

    नया वाफिया पनि छलफलमा चलिरहेको छ, ४ दशक काम गरेको सीईओको अनुभवले के लागिरहेको छ ?
    समयसापेक्षरुपमा बैंकिङ चल्दै जाँदामा कानुनमा संशोधन हुने भन्ने कुरा स्वभाविकै हो । कतिपय कुरा छलफलका विषय छन् । छलफलका लागि संसद्मा गएको छ । राज्यपक्षबाट पनि यो किन संशोधन गर्नुप¥यो भन्ने छ ।

    विशेषगरी सीईओको उमेरका लागि ?
    मेरो विचारमा त मैले ५७ बर्षमा जागिर छोडेर बसेको हो । ७० वर्ष किन खानुप¥यो । नयाँ जेनेरेशनलाई दिए भइहाल्यो नि त । नयाँले पनि सिक्नु प¥यो । अस्ताउन लागेका सीईओ अस्ताए कै राम्रो । पदभन्दा पनि संस्था ठूलो हो ।

    कर चुक्ताको कागजले चाहि कर्जाको डिमाण्ड घटेको छ भन्छन्, के लाग्छ ?
    कुनै राम्रो कुरा लागू गर्दामा केही समय एड् जसमेन्ट गर्नका लागि समस्या आउँछन । तर अडिटको ब्यालेन्ससिट राख्नुपर्छ, हिसाब–किताब क्लियर हुनुपर्छ, ट्याक्सचाहिँ तिर्नुपर्छ नि । यसले नराम्रो भन्ने छैन । त्यसलाई अभ्यास गर्नका लागि केही समय लाग्छ । राम्रो कामको सुरुवात गरियो, त्यसको विरोध भयो भन्दैमा हटाउने होइन । नक्कली हिसाब राखेर चलाउनु त भएन नि । ४ किसिमका हिसाब राखेर गर्नुभन्दा त यो राम्रो हो । तर केही अप्ठ्यारो परेका छन् भने तिनीहरूलाई केहि समयको लागि अभ्यास गर्न समय लाग्छ ।

    अरु कर्जाको माग नभएर बैंकहरूले मार्जिन कर्जामा पैसा खन्याएका कारण अहिले सेयरको भाउ बढेको भनिन्छ नि ?
    सेयर बजारबारे एक वर्षसम्म कसैले कसैलाई गाली गरेको छ, कसले कसलाई गरेको छ । यसरी गर्दा गर्दै आईरहेको छ । अव अलिकति माथितिर जान थालेको छ । अब हेरौँ न, यो तातेको पनि । बढेको सेयर बजारलाई स्वागत गरौँ ।

    बजार बढ्ने वेला हो र ?
    बढिरहेको छ । सधैँ तल कहाँ बस्छ र । तर, पहिलाको जस्तो बैंकहरूले ८०÷९० प्रतिशत डिभिडेन्ट दिने समय त गएजस्तो लाग्छ मलाई । यसर्थ, लाभांशको हैसियत हेरेर लगानी गर्नु उचित हुन्छ ।

    अब पु“जी बढेपछि म्यानेजमेन्टलाई रिटर्नको प्रेसर छैन ?
    रिटर्न हामीले दिइरहेका छौँ । के प्रेसर गर्ने हो र । गतवर्ष १७ प्रतिशत दियौँ, त्सपछि २५ प्रतिशत दियौँ । तर, यत्तिकै ६० प्रतिशत हुनेवाला छैन । बिओकेमा त्यस्तो प्रेसर छैन ।

    बिओकेले २५ वर्ष पुरा ग¥यो, अब कस्तो तरिकाले जान्छ ?
    हामी प्रोटेन्ट्ली जान्छौँ । सबै स्टेकहोल्डरहरूसँगको इन्ट्रेसट प्रोटेक्टको हिसाबबाट जान्छौ । देशको जुन ग्रोथ रेट छ, त्यसैलाई मेन्टेन गर्ने हिसाबबाट जान्छौँ । एक रातमै चन्द्रमा टिपेर ल्याउने उद्देश्यमा हामी छैनौ ।
    सेयर बजारबाट

    #सम्वाद

    फेसबुक प्रतिक्रिया