बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • अहिलेसम्म ३,२८२ को मृत्यु तरपनि सुरक्षामा पर्याप्त ध्यान नदिने देशको सूची लामोः डब्ल्यूएचओ

    समिकरण न्युज २०७६, २३ फाल्गुन शुक्रबार १३:५५ पढ्न लाग्ने समय 2 मिनेट

    कोरोनाभाइरसले संसारका करिब ८० देशमा प्रभाव पारेको छ । अहिलेसम्म ९५ हजार बढी व्यक्ति संक्रमित भएका छन् जबकी ३ हजार २ सय ८२ को मृत्यु भइसकेको छ । यस्तै, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बिहिबार भाइरसको संक्रमणबाट बच्नका लागि केही पनि नगर्ने देशको सूची लामो भएको बताए । डब्ल्यूएचओका प्रमुख टेड्रोस घेब्रेयोसुसले यसमाथि चिन्ता जताएका छन् । उनले जेनेभामा महामारीसँग लड्नका लागि प्रतिबद्धताको कमी देखिएको बताए । उनले भने, ‘यो समय भनेको पछाडि नहटी मिलेर काम गर्ने बेला हो ।’

    संसारभरी यस्तो छ स्थितीः
    एशियाः
    चीनको ऊहानको सी–फुड र पोल्ट्री मार्केटबाट भाइरस फैलिएको मानिएको छ । ऊहानको जनसंख्या १.१ करोड छ । भाइरस व्यक्ति व्यक्तिबीच फैलिरहेको छ । यद्यपि, यो स्पष्ट छैन कि भाइरस तीब्र रुपमा कसरी फैलियो र यति खतरनाक कसरी भयो ? एशियामा दक्षिण कोरिया र इरान सबैभन्दा बढी प्रभावित छन् ।

    भारतमा कोरोना भाइरसका ३० संक्रमित भेटिएका छन् ।

    इरानः

    इरानमा अहिलेसम्म १ सय ७ व्यक्तिको मृत्यु भइसकेको छ । जबकी संक्रमणका ३ हजार ५ सय १३ घटना सार्वजनिक भएका छन् ।

    दक्षिण कोरियाः

    दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसका ६ हजार २ सय ८४ घटना सार्वजनिक भइसकेको छन् जबकी ४० जनाको मृत्यु भइसकेको छ ।

    चीनमा १ सय ४३ नयाँ संक्रमितः

    कोरोना भाइरसले चीनमा अहिलेसम्म ३ हजार १५ को मृत्यु भइसकेको छ । यस्तै, ८० हजार ५ सय ५२ संक्रमितको पुष्टि भइसकेको छ । चीन बाहिर २ सय ६७ मृत्यु भइसकेको छ । चीनको स्वास्थ्य विभागका अनुसार बिहिबार संक्रमणका १ सय ४३ नयाँ घटना र ३० जनाको मृत्यु दर्ता गरिएको छ । यीमध्ये हुबेईमा २९ जनाको मृत्यु भएको छ । यस्तै, अहिलेसम्म हुबेई प्रान्तमा सबैभन्दा धेरै २ हजार ९ सय ३१ व्यक्तिको मृत्यु भएको छ । महामारीको केन्द्र चीनको ऊहान शहर हो जो हुबेई प्रान्तमा नै छ ।

    युरोपः

    इटलीका २२ राज्य भाइरसको संक्रमणमाः

    युरोपमा सबैभन्दा धेरै प्रभावित देश इटली हो । यहाँ १ सय ४८ जनाको मृत्यु भएको छ । इटलीका २२ राज्य यसको चपेटमा छन् । यस्तै, संक्रमणका ३ हजार ८ सय ५८ घटना सार्वजनिक भएका छन् । खतरालाई ध्यानमा राखेर स्कूलमा छुट्टी दिइएको छ ।

    अमेरिकामा १२ जनाको मृत्युः

    न्यूयोर्क टाइम्सको एक डाटाबेसका अनुसार ल्याब टेस्टमा बिहिबार बेलुकीसम्म कोरोना भाइरसका २ सय १५ संक्रमित सार्वजनिक भइसकेका छन् र १२ जनाको मृत्यु भइसकेको  छ । मृतकमध्ये धेरैजसो जापानको डायमण्ड प्रिन्सेस शिपबाट फर्किएका यात्री हुन् । अमेरिका ल्याइएका मानिसहरुलाई अहिले क्वारेन्टाइन गरिएको छ ।


    #विश्व

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु