बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • ९ लाखको चेक बाउन्स गर्ने राई चन्द्रगिरिबाट पक्राउ

    समिकरण न्युज २०७६, २३ फाल्गुन शुक्रबार १०:५९ पढ्न लाग्ने समय < 1 मिनेट

    काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ ।

    खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन । उनलाई नौ लाख रुपैयाँको चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दा चलाइएको थियो ।

    उक्त मुद्दापछि फरार रहेका राईलाई झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा फेला पारी प्रहरीले पक्राउ गरेको हो । राईलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ/रासस

    #अपराध

    फेसबुक प्रतिक्रिया