बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • ९५ जना पत्रकारको कोरोना बीमा

    समिकरण न्युज २०७७, ५ जेष्ठ सोमबार १६:२३ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । कोरोना भाइरस(कोभिड–१९)को संक्रमणको जोखिममा काम गरिरहेका जिल्लाका ९५ जना पत्रकारको सामुहिक कोरोना बीमा गरिएको छ ।

    नेपाल पत्रकार महासंघ जिल्ला शाखाले विदुर नगरपालिका र रुडेक नेपालको आर्थिक सहयोगमा आइतबार प्रति पत्रकार रु. एक लाखको कोरोना बीमा गराएको हो ।

    पत्रकार महासंघ नुवाकोटमा सदस्य रहेका तथा जिल्ला क्रियाशील पत्रकारहरुको बीमा गराइएको महासंघका जिल्ला अध्यक्ष कपिलदेव खनालले बताउनुभयो ।

    अध्यक्ष खनालका अनुसार कोरोना बीमाका लागि विदुर नगरपालिकाले ७० जना र रुडेक नेपाल नामक गैर सरकारी संस्थाले २५ जनाको बीमा शुल्क तिर्न आर्थिक सहयोग गरेको छ । कोरोना बीमाको लागि प्रति व्यक्ति रु. ६ सय तिरिएको छ ।

    उक्त बीमा अनुसार कुनै पत्रकार कोरोना भाइरसबाट संक्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले रु. एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासंघले जनाएको छ ।
    बीमा कार्यक्रम घोषणा कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जोखिमको बेलामा पत्रकारहरु निरन्तर खटिरहनु पर्ने भएकोले सुरक्षाको प्रत्याभुती दिन सहकार्य गरेको बताउनुभयो । स्थानीय सरकार सबै पेशा, नागरिकको सुरक्षा गर्न र सहकार्य गर्न तत्पर रहिरहेको र त्यसको उदाहरणको रुपमा पत्रकार महासंघसंगको बीमा सहकार्य कार्यक्रम रहेको प्रमुख पण्डितले बताउनुभयो ।

    रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले संस्थागत रुपमा यसरी भएको बीमा कार्यक्रमले आफुलाई उत्साहित गराएकोले आर्थिक सहयोग गरेको बताउनुभयो ।

    #समाचार

    फेसबुक प्रतिक्रिया