शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • ५५ जना प्रहरी सहित ६९को कोरोना परीक्षण

    समिकरण न्युज २०७७, ५ जेष्ठ सोमबार १६:२४ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । जिल्लाका कोरोना भाइरस(कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य कार्यालयले परीक्षणको दायरा पनि बढाएको छ ।

    सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार लगायत अग्रभागमा रहेर काम गर्ने पेशामा संलग्नको परीक्षण गर्नेक्रम शुरु भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयमा कोरोना भाइरसको आरडिटी परीक्षण गरिएको छ । ¥यापिड टेष्ट गरिएका सबै प्रहरीको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

    पहिलो चरणमा ५५ जना प्रहरीको ¥यापिड टेष्ट गरिएको हो । अन्य प्रहरीहरुको क्रमशः परीक्षण गरिने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएकोले अग्रभागमा रहेर काम गर्नेको परीक्षण थालिएको हो । सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी र पत्रकारको समेत ¥यापिड टेष्ट गरिने योजना रहेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

    त्रिशूली अस्पतालमा १४ जनाको कोरोनाको ¥यापिड टेष्ट गरिएकोमा उनीहरुको पनि नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया