नुवाकोट । विदुर नगरपालिका क्षेत्रका उत्खननु गरी बिक्री वितरण हुँदै आएको निर्माण सामग्री गिटी, बालुवाको मूल्य घटेको छ । हरेक क्षेत्रका मुल्य वृद्धि हुँदै आएकोमा विदुर नगरपालिका र व्यवसायीबीच छलफलपछि मूल्य घटाइएको हो ।
विकास निर्माणको कामलाई सहज रुपमा सञ्चालन गराउनको लागि व्यवसायीसँग छलफल गरी मुल्य घटाइएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताउनुभयो । ‘हामीले व्यवसायीहरुलाई धेरै नाफा नराख्न अनुरोध ग¥यौ । तपाईहरुका सबै समस्या, अबरोध हटाउन नगरपालिका तयार छ । तर, मूल्यमा केही कम गराउन प¥यो भन्यौ । व्यवसायीहरुले पनि मुल्यमा पुनर्विचार गर्न सहमत हुनु भयो’ समीकरण संवादातासँग कुरा गर्दै मेयर पण्डितले भन्नु भयो ‘पहिले भ्याट सहित प्रति क्युफिट रु. ४० पर्ने गरेकोमा अब भ्याटसहित प्रति क्युफिट ३३ रुपियाँ ९० पैसामा किन्न सकिने भएको छ ।’
विदुर नगरपालिकाको पहलमा प्रतिक्युफिट ६ रुपियाँ १० पैसा घटेको हो । यो मूल्य घट्दा एकटिप बालुवा वा गिटी खरिद गर्दा १ हजार ५ सय ८६ रुपियाँ कम पर्नेछ ।
‘क्रसर व्यवसायीहरुबाट विभिन्न व्यक्तिलाई कमिसन समेत बुझाउन परेकोले केही महंगोमा बिक्री गर्न परेको विगतका धेरै छलफलमा गुनासो आएको थियो’ मेयर पण्डितले भन्नुभयो ‘कहिकतै कमिसन बुझाउन पर्दैन । प्रक्रिया र मापदण्ड पुरा गरेका उद्योगलाई कसैले रोकेर रोकिदैन । अबरोध आए नगरपालिकाले हटाउन पहल गर्छ । तर, ग्राहकलाई सहुलियत मुल्यमा निर्माण सामग्री उपलब्ध गराउनु पर्छ ।’
मूल्य घटेसँगै विदुर नगरक्षेत्रका विकास निर्माणका कामहरु सहज र चुस्त रुपमा सम्पन्न हुने नगरपालिकाले विस्वास लिएको छ । नगरपालिकाको आग्रहलाई मनन गर्दै केही मूल्य समायोजन गरि ग्राहकलाई कम मूल्यमा निर्माण सामग्री उपलब्ध गराउन शुरु गरिसकिएको व्यवसायीहरुले बताएका छन् ।
नगरपालिकाले विस्वास लिएको छ । नगरपालिकाको आग्रहलाई मनन गर्दै केही मूल्य समायोजन गरि ग्राहकलाई कम मूल्यमा निर्माण सामग्री उपलब्ध गराउन शुरु गरिसकिएको व्यवसायीहरुले बताएका छन् ।