बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • “विपन्न वर्गलाई श्रम गराई रकम उपलब्ध गराउँछौ”: रोजिना राई

    समिकरण न्युज २०७७, २६ जेष्ठ सोमबार १२:०६ पढ्न लाग्ने समय 4 मिनेट

    कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि स्थानीयतहले के गरिरहेको छ ? थप योजना र तयारी कस्तो छ ?

    कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि लिखु गाउँपालिकाले ३० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गरेका थियौँ । अहिले त्यसलाई बढाएर ७० लाख रुपैयाँ पु¥याएका छौँ । गाउँपालिका स्तरीय १० शैयाको क्वारेन्टाइन निर्माण गरिसकेका छौँ । विपद व्यवस्थापन समितिको बैठक बसेर वडागत रुपमा क्वारेन्टाइनको व्यवस्था गर्ने निर्णय गरेर कामको थालनी भएसकेको छ । वडा नम्बर ३ र ६ मा गाउँपालिका स्तरीय क्वारेन्टाइन निर्माण गर्ने योजना छ । कोरोना भाइरस सङ्क्रमण हुन नदिन अपनाउनु पर्ने उपायमा कुनै कसुर बाँकी राखेका छैनौँ । आवश्यक स्वास्थ्य सामग्री खरिद गरिसकेका छौँ, दाताहरुबाट पनि प्राप्त भइरहेको छ । गाउँपालिकाको स्वास्थ्य शाखामा चाहिने प्राविधिक पक्षको व्यवस्थापन समेत गरेका छौँ । देशमा दिनानुदिन कोरोना सङ्क्रमित थपिदैछ । हाम्रो स्थानीय तहमा पनि कोरोना सङ्क्रमित भेटिन्छ कि भन्ने डर स्थानीय तहलाई छ । त्यसैले पूर्वतयारीको साथ आर्थिक, प्राविधिक र भौतिक पाटोमा विश्ोष ध्यान दिएर अघि बढिरहेका छौँ ।

    स्थानीय तहमा अहिले निर्माण भइसकेका क्वारेन्टाइनकोे भौतिक पूर्वाधार कस्तो छ ? क्वारेन्टाइनमा महिला, बालबालिका, अपाङ्गमैत्री छ कि छैन ?

    कोरोना भाइरसको कारण लकडाउन जारी छ । लकडाउनको कारण विद्यालयहरु वन्द छन् । वन्द भएकै कारण क्वारेन्टाइनकोे निर्माण विद्यालयमा नै गरिएको छ । वडास्तरीय क्वारेन्टाइन पनि विद्यालयमा नै निर्माण गर्ने निर्णय गरेका छौँ । बस्तीभन्दा ५ सय मिटर टाढा रहेको विद्यालय क्वारेन्टाइनको लागि छनौटमा छ । बस्तीभन्दा ५ सय मिटरभन्दा नजिक विद्यालय भएको हकमा तारजालीले विद्यालयको कम्पाउण्ड बनाएका छौँ । क्वारेन्टाइनमा बस्नेको र बाहिर हुनेको सामाजिक दुरी खलबलिन नदिन प्रहरी र स्वास्थ्यकर्मीले निगरानी गर्ने व्यवस्था छ । भूकम्पपछि बनेका विद्यालयहरु बालबालिका, अपाङ्गमैत्री छन् । लैङ्गीक मैत्री शौचालय बनेका छन् । कुनैकुनैमा शौचालय र खानपानीको समस्या हुन सक्छ भनेर त्यसमना हामी गम्भिर छौँ । क्वारेन्टाइनमा महिलाको लागि छुट्टै व्यवस्था छ । अपाङ्गता भएका व्यक्तिहरु क्वारेन्टाइनमा बस्न पर्ला भनेर सोही अनुसार व्यवस्था गरेका छौँ ।

    क्वारेन्टाइनमा बस्नेहरुलाई खानाको व्यवस्था स्थानीय तहले नै गरिदिएको छ कि ?

    क्वारेन्टाइनमा बस्ने खानाको प्रबन्ध गाउँपालिकाले नै मिलाएको छ । कोरोना सर्छ भन्ने डरले क्वारेन्टाइनमा खाना पकाउने र सरसफाइ गर्ने व्यक्ति नपाएको अवस्था छ । व्यक्तिसँग भन्दा रोगसँग डराउनुपर्ने अवस्थाले गर्दा यो समस्या निम्तिएको हो । अहिले क्वारेन्टाइनमा इन्डियाबाट आएका २ जना रहेका छन् । उहाँहरुले आफै खाना पकाएर खान्छौँ, आवस्यक खाद्यान्नको सामाग्री उपलव्ध गराइदिनु भन्नुभएको थियो । खाद्यान्नको सामाग्रीमा गाउँपालिकाको कुनै कन्जुस्याई छैन ।

    कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि पहल गरिरहदा चुनौती के छन् ? कसले के गरिदियो भने त्यस्ता चुनौतीलाई सामना गर्न सहज हुन्छ ?

    समस्याको रुपमा कुरा गर्नु पर्दा क्वारेन्टाइन निर्माण गर्दा स्थानीयको साथ कम छ हामीलाई । गाउँपालिका स्तरीय होस् या वडास्तरीय क्वारेन्टाइन होस्, त्यहाँ चाहिँ कोरोना सङ्क्रमित भएको व्यक्ति राखिन्छ र समुदायको अरुलाई पनि सारिदिन्छ भन्ने त्रास स्थानीयमा छ । जो विदेशबाट आएका हुन्छन्, उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरेका छौँ । यदि उनीहरुमा कोरोना सङ्क्रमण भएको रहेछ भने परिवार र समुदायमा सर्छ । बिचबिचमा उहाँहरुको स्वास्थ्य परिक्षण गरेर कोरोना नदेखिए घरमा पठाउछौँ भनेर स्थानीयलाई सम्झाइरहेका छौँ । त्यो अलवा अन्य समस्या खासै देखिएको छैन । क्वारेन्टाइन निर्माण गर्दैमा कोरोना सदैन भनेर गाउँपालिकाले मात्र भनिरहेर सम्भव छैन । त्यसमा चाहि सबै जनप्रतिनिधि, राजर्नतिक दलका नेता, संघसस्था, तथा क्लवका व्यक्तित्वहरुले समुदाय स्तरमा बुझाउन र सम्झाउन सक्यो भने सहज हुन्छ । आइपरेका केही समस्याहरु स्थानीय तहले नै समाधान गर्दै आइरहेको छ । भारत लगायतका देशबाट नागपरिकहरु आउने क्रम जारी छ । त्यसले गर्दा समस्या निम्तिन सक्छ त्यसकारण संघिय सरकार, प्रदेह सरकार र जिल्ला प्रशासनले उनीहरुको व्यवस्थापनको के कगर्न सकिन्छ भनेर राय दिदै सहकार्य गर्न सकियो भने हामीलाई काम गर्न सहज हुन्छ ।

    भारत तथाअन्य ठाउँबाट नागरिकहरु आउने क्रमजारी छ भने संक्रमितहरु पनि बढिरहेका छन् । यो कुरालाई मध्यनजर गर्दै क्वारेन्टाइन वडागत रुपमा स्थापना गर्न लागिएको बताउनुभएको छ । त्योसँगै स्वास्थ्य सामाग्री, सवास्थ्यकर्मीहरुको अवस्था के छ ? तयारीहरु के कस्तो छ ?
    गाउँपालिकाको स्वास्थ्यसस्थाहरुमा आवस्यक स्वास्थ्यकर्मीहरुको समस्इा छैन । दरवन्दि अनुसारको सबै छ । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्थामा ख्याल गर्नलाई आलोपालो प्रणाली बनाएर स्वास्थ्यकर्मीहरु परिचालन गर्ने गरेका छौँ । स्वास्थ्यकर्मीहरुको स्वास्थ्यप्रति पनि हामी जिम्मेवार छौँ । उहाँहरुको स्वास्थ्य सुरक्षाको लागि विशेष पहल नै गरिरहेका छौँ । स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराएर सुरक्षित साथ काममा खटाएका छौँ ।

    नागरिक समाज र आमसञ्चार माध्यमसँग के कस्तो सहकार्य छ ? यी क्षेत्रहरुसँग कुनै खालको सहयोग, सहकार्यको अपेक्षा छ ?

    नागरिक समाज र आमसञ्चार माध्यमसँग सहकार्य र समन्वय भइरहेको छ । अहिले सम्म त्यति ठूलो समस्या आइसकेको छैन । अन्य स्थानीय तहमा जस्तो हाम्रो लिखु गाउँपालिकामा भारतबाट आउनेको सङ्ख्या न्यून छ । कमा गर्दै जादा कहि कतै कमजोरी देखिएमा स्थानीय तहलाई झक्झकाउने काम नागरिक समाज र आम सञ्चार माध्यमले गरिदिनेछ भन्ने अपेक्षा छ । आगामी दिनमा केही नयाँ सोचका साथ काम गर्ने योजना बनाएर कार्यान्वयन गर्ने समयमा अवस्य पनि सहयोगको अपिल गर्नेछौँ ।

    स्थानीयतहले अति विपन्न वर्ग, गरिब, अपांगता भएका व्यक्तिहरु, गर्भवती, सुत्केरी तथा नियमित औषधी खादै आइरहेका व्यक्तिहरुलाई यो लकडाउनको समयमा कसरी स्वास्थ्योपचारको सेवा सुनिश्चित गरेको छ ?

    स्थानीय तहमा रहेका जो काम गर्न सक्ने अवस्थाका छैनन् उनीहरुलाई राहत प्याकेजको व्यवस्था गरेका छौँ । जो काम गर्न सक्ने अवस्थाका गरिव तथा विपन्न वर्गका छन् उनीहरुलाई श्रमको व्यवस्था गरी ज्याला दिने गरेका छौँ । अपाङ्गता भएका व्यक्तिहरुको लागि आवश्यक औषधी गाउँपालिकाले व्यवस्था गरेको छ । गर्भवती तथा सुत्केरीहरुलाई स्वास्थ्य संस्थासम्म जानको लागि स्वास्थ्य शाखा मार्फत सहजताको लागि व्यवस्थापन गरेका छौँ । जो नियमित रुपमा औषधी प्रयोग गर्दै आइरहेका छन् । उनीहरुलाई तीन चार महिनालाई पुग्ने औषधी ल्याउनु भनेर सम्वन्धित अस्पतालमा जानको लागि सहकार्य गरिरहेका छौँ । जसको चाहि मासिक रुपमा स्वास्थ्य परिक्षण गरि औषधी ल्याउनुपर्ने छ उहाँहरुलाई एम्वुलेन्सको व्यवस्था गरेका छौँ भने औषधी मात्र ल्याउने हो भने चाहि स्वास्थ्य शाखा मार्फत ल्याइदिने गरेका छौँ ।

    अन्तिममा स्थानीय तहको तर्फबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

    कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको अवस्था छ । त्यसकारण नेपाल सरकारले देशलाई नै लकडाउन गरिएको अवस्था छ । यो समयमा अत्यावस्यक काम बाहेर बाहिर हिड्ने नगरौँ । विभिन्न संघसस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायतलाई कोरोना भाइरससँग सुरक्षित रहनको लागि तीनै तहको सरकारले काम गरिरहेको छ । त्यसमा सहकार्य गरिदिन आग्रह गर्दछु । त्यस्तै गाउँपालिकाले खाद्यान्न पसल सञ्चालनको लागि समय समेत तोकिदिएको छ । त्यसलाई कार्यान्वयन गरिदिन सम्पूर्णमा आग्रह गर्दछु । र नागरिकहरुमा कुनै समसया परेमा गाउँपालिकालाई जानकारी गराइदिएको खण्डमा समाधानको लागि विशेष पहल रहनेछ भन्न चाहन्छु ।

    साभारः त्रिशूली खबर साप्ताहिक

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया