शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • मल्लकालिन दरबार र मन्दिरको भग्नावशेषको संरक्षण भएन

    समिकरण न्युज २०७७, ८ असार सोमबार १९:५४ पढ्न लाग्ने समय 2 मिनेट

    समीकरण

    रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङवेशीमा रहेको मल्लकालिन दरबार र मन्दिरको भग्नावशेषको संरक्षण भएको छैन । अहिले भग्नावशेष मात्र रहेको छ ।
    गोल्जुङवेशी निवासी एवम् बोडिङ स्कुल संचालक बालकृष्ण श्रेष्ठका अनुसार पाटनको अन्तिम राजा जय प्रकाश मल्ललाई पृथ्वी नारायण शाहले हरापछि उनका उत्तरधिकारी आफ्नो केही जनतालाई लिएर ज्यान जोगाउदै रसुवाको गोल्जुङवेशीमा राज्य खडा गर्न आएको इतिहासमा उल्लेख रहेको छ ।
    सो स्थानमा नारायणको मुर्ति पिपलको रुख मुनि रहेको र त्यस बेला त्यस ठाउँमा नेवार वस्ती रहेको अनुमान लगाउन सकिन्छ लुकेर राज्य गरेको हुँदा राजहरुले आफ्नो नाम लुकाएर गुल्म राजा र उमराजा राखि आफु् मल्ल राजा हो भनि लुकाएका थिए यहाँ पहिले पाटनका श्रेष्ठ, कायस्थ जोशी, प्रधान, आदी थरका नेवारहरु समेत बसोबास गर्दथे । भने ति राजहरुले आफ्नो कुल धर्म छोड्नु हुदैन भनेर नारायणको मुर्ति स्थापना गरेको हुनुपर्छ । यस ठाउँमा दुई भाई राजाको दरवार थिए । एक भाई गोल्जुङ बेशी भन्दा करिव ३ किलोमिटर दुरीमा पर्नै जोङघाङ भन्ने डाँडामा दरबार बसेक ार्थि । स्थानिय भाषामा जोङ भनेको दरबार घाङ भनेको डाँडा भनेर चिनिन्छ । त्यसैले यसलाई दरबार डाँडा भनेर चिनिन्छ । त्यसैले यसलाई दरबार डाँडा भनेर चिनिन्छ ।
    यहाँ पृथ्वी नारायण शाहलाई आक्रमण गरी दई भाईलाई नै मारेर सम्पती लुटेर लगेको धेरै नेवारहरु लाई सम्हार गरेको भन्ने भनाई रहेको बुढापाकाहरु बताउछन । १९९० सालको भुकम्पले यो दरबार र मन्दिर भत्किएको छ । भने त्यस पछिका दिनहरुमा दरबारको जग्गाहरु व्यक्तिको नाममा ल्याइसकेका छन रे घले राजा को दरबार समेत भनिसकेका छन् । ऐतिहासिक पुरात्विक आस्थाको धरोहर लोप हुने अवस्थाको धरोहर लोप हुने अवस्थाको धरोहर लोप हुने अवस्था आएपछि प्रचारको गोजी रहेको श्रेष्ठले बताउनु भयो ।
    उतिबेलाको मल्लका लिन दरबार हो । अहिले भग्नावशेष मात्र रहेको छ नारायणको मन्दिर लगायत नागको थान समेत रहेको पवित्र भुमिलाई संरक्षण र सम्बद्र्धन गर्न स्थानिय सरकारको खाँचोको विषय बनेको यस क्षेत्रका जानकार बालकृष्ण श्रेष्ठले बताउनुभयो ।
    यो ठाउँ एकदमै गुमनाम छ । कम भन्दा कम मानिसलाई मात्र थाहा छ । उचित प्रचार प्रसारको अभावमा ओझेलमा रहेको नारायण मन्दिर र दरबारको संरक्षण गरेर आफ्नो साँस्कृतिक धरोहर जोगाउन सबै क्षेत्रहरुबाट लागी पर्नु पर्ने हुन्छ । इतिहास मेटु्दै गएपछि आस्था र अस्तित्व मेटिदै जान्छ । यसैले आस्थावान वस्तुलाई जिवन्त राख्नु पर्दछ ।
    गुमनाम रहेका ठाउँहरु जिल्ला भित्र धेरै छन रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउनु हुन्छ । यस्ता पुरातात्विक धरोहरको खोजी संरक्षण गर्नु जरुरी छ । दरबारको पुननिर्माणको लागी पुरातत्व विभागको ध्यानाकर्षण हुनु जरुरी छ ।
    ऐतिहासिक धार्मिक, भौगोलिक एवम प्राकृतिक महत्व बोकेको ठाउँको संरक्षण गर्न मुख्य त स्थानिय सरकारको रहेको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सन्जिव अमात्यले बताउनु भयो । यहाँका प्राकृतिक सौन्दर्य वन कार्यालय अन्तर्गत पर्ने हुँदा । त्यतिकै भाषा लगाएत संस्कृति आज सम्म त्यतिकै महत्व रहेको छ ।
    यस्ता पुराना अराउदै गएको अवस्थाको धरोहर जोगाएर प्रचार—प्रसार गरे आन्तरिक तथा वाध्य पर्यटकको लागी पर्यटकिय स्थलको रुपमा रहने थियो ।
    दई सय ५० वर्ष पुरानो इतिहास बोकेको दरबार संरक्षणमा अहिले सम्म कसैले चासो देखाएका छैनन । यस ठाउँमा सात पुस्ता देखिनै बालकृष्ण श्रेष्ठका सन्तानहरु मल्ल राजाहरु सँगै आएका रहेछन । पृथ्वी नारायण शाहले आक्रमण गरि राजालाइ मारेपछि भागेर पनः पाटन गएको र फेरी नै परिस्थिति सुध्रे पछि गोल्जुङवेशी आए र बसेको भन्ने किम्बदन्ती रहेको छ ।
    यस ठाउँको नाम लुकेर रहेको राज्य भन्न समेत सकिन्छ ।

    #समाचार

    फेसबुक प्रतिक्रिया