शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नेपाली कृषकहरुको पशुपालन तर्फ आकर्षण बढ्दो

    समिकरण न्युज २०७७, १८ असार बिहीबार १८:३८ पढ्न लाग्ने समय 5 मिनेट

    मिलन थापामगर

    पछिल्लो समय धेरै नेपाली कृषकहरु पशुपालन तर्फ आकर्षित भएको पाईन्छ । युवा वर्ग, कलाकार, अन्य क्षेत्रको व्यापारी तथा अन्य पेशामा संलग्न मान्छेहरु समेत पशुपालन क्षेत्रमा संलग्न भएको देख्न सकिन्छ । प्रत्येक दिन पशुपालन क्षेत्रको दाहेरा फराकिलो हुँदै गईरहेको छ । पशुपालन भन्नाले गाई, भैंसी, कुखुरा, बंगुर र बाख्रा पालन मात्र हो भन्ने संकुचित मन्यताहरु परिबर्तन हुँदैछन् । आजभोलि पशुपालनमा बिबिधता देख्न सकिन्छ ।
    पछिल्लो समय कृषकहरु अस्ट्रिच पालन, टर्की पालन, कालिज पालन, बट्टाई पालन, खरायो पालन जस्ता नयाँ खालका व्यवसयमा पनि विस्तारै अग्रसर भएर लागेको देख्न सकिन्छ । यसरी पशु पालनमा नयाँ आयाम देखा पर्न थालेका छन् । कति मानिसहरु आफ्नो सोखको लागि मात्र त कोहि यसलाई नै रोजीरोटी बनाएर आगाडी बढिरहेको पाईन्छ ।
    पछिल्लो २०७६ सालको तथ्यांक हेर्ने हो भने कुल ग्राहस्थ उत्पादनको कृषि क्षेत्रले २७.१०५ योगदान गरेको छ । यसै गरी कृषि तर्फको कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशत पशुपालन क्षेत्रको योगदान रहेको छ । जनसंख्या बृद्दिसँगै नेपालमा पशु जन्य उत्पादन जस्तै मासु, अन्डा, दुध आदिको माग बढ्दै गएको देखिन्छ तर माग भन्दा उत्पादन निकै कम रहेको छ । त्यसैले नेपालमा पशुपालनको प्रचुर सम्भावना रहेको छ । सम्भावना भएपनि सोचे अनुसार सफलता हासिल गर्न सकेको छैन । त्यसो हुनुमा पशुपालन क्षेत्रमा टड्कारो देखिएका समस्या तथा चुनौती निम्न प्रकारका रहेका छन् ।
    १) प्राविधिक कर्मचारीको अभाव

    संघ, प्रदेश तथा स्थानीय तहमा रहेको प्राविधिक कर्मचारी अभाव, पशुपालन क्षेत्रमा रहेको प्रमुख चुनौती हो । प्राविधिक कर्मचारीको अभावले गर्दा सरकारले भन्दै आएको कृषि क्रान्तिको नारा सपनामा मात्र सिमित नहोला भन्न सकिन्न । सरकारले ल्यएको कार्यक्रमहरु संचालन गर्न स्थानीय सरकारहरुलाई हम्मे हम्मे छ । दक्ष प्राविधिक (पशु विकास अधिकृत, भेटेरिनरी डाक्टर) लगायतका कर्मचारी अभावमा व्यवसायिक पशुपालक कृषकहरुले भनेको समयमा सेवा र सुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा पशु प्राविधिकहरुको दरबन्दी भए पनि रिक्त रहेको देखिन्छ । एक दुइ जना करार कर्मचारीले पशु सेवा शाखा जेनतेन धानीराखेका अवस्था छ ।
    कृषकहरुलाइ आवश्यक परेको समयमा गोठ गोठ पुग्नु पर्ने प्राविधिकहरु नै उपलब्ध नहुँदा सानो तिनो समस्या (रोग) ले पनि पशु चौपाय मर्ने सम्भावना हुन्छ र कृषकहरुलाइ ठुलो क्षेति पु¥याउने सम्भावना हुन्छ । प्राविधिक कर्मचारी अभावले गर्दा कृषकहरुले ठुलो जोखिम मोल्नु परेको छ । त्यसैले प्राबिधिक कर्मचारी व्यवस्थापन गर्नु स्थानीय सरकारको पहिलो आवश्यकता रहेको देखिन्छ ।

    २) पशु बीमा
    नेपाल सरकारल कृषि विकास मन्त्रालयले बाली तथा पशु पन्छी बीमा निर्देशन २०६९ जारी गरेको छ र बीमा सुल्कको ५०५ रकम समेत नेपाल सरकारले व्यहोर्ने व्यवस्था समेत भइ सकेको छ । पछिल्लो तथ्यांक हेर्ने हो भेने देशभर जम्मा २० वटा बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाको सेवा दिईरहेका छन् । जुन संख्या एक दम न्यूनसंख्या हो । बीमा कम्पनीहरु अझै दुर दराज कृषकझरुको गोठमा पुग्न सकेक छैनन् । कम्पनीहरुले चुस्त दुरुस्थ ढंगले काम गर्न नसकेको आरोप लाग्दै आएको छ । यदि बीमा गरेको पशु म¥यो भने बीमा रकम क्षतिपुर्ती पाउन धेरै झन्झट बेहोर्नु पर्ने कृषकहरुको गुनासो सुनिन्छ । कृषकहरुले पाउनु पर्ने ९० प्रतिशत बीमा रकम भने पनि विभिन्न दस्तुर कटाई थोरै पाउने र भुक्तानीको लागि धेरै पटक कम्पनि धाउनु पर्ने झन्झटले गर्दा कृषकहरु बिमा गर्न झन्झट मान्दछन् । त्यसैले बेला बेलामा पशु बीमाको प्रभावकारिताको विषयमाथि प्रश्न चिन्ह खडा हुने गरेको देखिन्छ । त्यस्तै कति पय कृषकहरुलाइ त पशुबस्तुको बीमा हुन्छ भन्ने कुरा समेत थाहा छैन । अझै पनि अधिकांश कृषकहरुलाई बीमाले जोखिम न्यूनीकरण गर्ने कुरामा अनविज्ञ छन् र यसको महत्वबारे जनचेतनाको समेत अभाव रहेको देखिन्छ । त्यसैले सम्बन्धित् नियमकारी निकायको ध्यान जानु जरुरी छ ।
    ३) बजार
    हुन त कृषकहरुले बजारको अवस्था र सम्भावना अध्ययन गरे पछि मात्र आफ्नो व्यवसाय सुरु गर्न राम्रो हुन्छ । तर त्यो स्तरको कृषक निकै कम छन् वा छैनन् भन्दा पनि हुने नगन्ने मात्रमा छन् । त्यसैले बजार व्यवस्थापनमा समस्या देखिन्छ । त्यसैगरि भारत लगायत अन्य विदेशी उत्पादनले भने जति पनि बजार पाउने तर नेपालमा उत्पादन भएका पशुबस्तु जन्य उत्पादन भएका (मासु, अन्डा, दुध ) आदि चै बजार नपाएर फाल्नु पर्ने अवस्था रहेको छ । कृषकहरुले उत्पादन गरेका पशुबस्तु एउटा पालिकाबाट अर्को स्थानीय तहमा लैजादाँ समेत ठाउँ ठाउँमा कर तिर्नु पर्ने अवस्था छ । यो विषयमा स्थानीय सरकारले गम्भीर ध्यान दिनु आवश्यक देखिन्छ ।
    यसै गरि बजारमा बिचौलियाहरुको बिगबिगी देखिन्छ । कृषकहरुबाट सस्तोमा किन्ने अनि महंगोमा बेच्ने बिचौलियाहरुले नफा लुट्ने पेशा नै बनाएका छन् । जसले गर्दा उत्पादक (कृषक) तथा उपभोक्ता दुवै मारमा परेका छन् । त्यसैले बाजारमा बिचौलियालाई चिर्दै बजार व्यवस्थापनमा उचित कदम चल्नु पर्ने देखिन्छ ।

    ४) कृषकहरुको आर्थिक अवस्था
    नेपाली कृषकहरुको आर्थिक अवस्था राम्रो छैन । उनीहरुले पशुपालनमा ठूलो लगानी गरेर व्यवसाय सुरु गर्न सक्ने आवस्था छैन । कतिपय युवा वर्ग तथा कृषकहरु पुँजी अभावले गर्दा मन भएर पनि व्यवसाय थालनी गर्न सकेका छैनन् । सामान्य तरिकाले व्यवसाय थालनी गरेका कृषकहरुले पुँजी अभावले गर्दा आफ्नो व्यवसायको स्तरोन्नति गर्न सकेका छैनन् । अझै पनि अधिकांश कृषकहरु निर्वाहमुखी पशुपालनमा नै सिमित छन् । त्यसैले सरकारबाट घोषित सहुलियत ऋणको राम्रो संग कार्यन्वयन हुनु आवश्यक छ ।
    ५) घाँस लगाउने जमिनको अभाव र घाँसे मैदानको अभाव
    नेपाली पशुपालक कृषकहरुले आफ्नो खेतबारीमा घाँस लगाउने चलन कम नै देखिन्छ । घाँस लगाउने जमिनको अभाव र घाँसे मैदानको अभावले गर्दा पशुबस्तुहरुलाई अतिआवश्यक घाँसको उत्पादन र चरणमा प्रभाब पार्दछ । जसले गर्दा पशुबस्तुको समग्र बृद्दी विकासमा असर गर्छ र पशुबस्तुबाट प्राप्त हुने उत्पादनमा कमि ल्याउँदछ । अध्ययन अनुसार नेपालमा अझै पनि पशुबस्तुलाइ ४० प्रतिशत घाँस तथा दानाको आपुग रहेको देखिन्छ । त्यसैले पशुपालक कृषकहरुलाई घाँस खेति बारे जानकारी दिनुको साथ साथै विभिन्न घाँसको बिउ वितरण गरि घाँस उत्पादनमा प्रोत्साहन गर्नु आवश्यक रहेको छ ।
    ६) दानामा मुल्य वृद्दी
    दाना बनाउन प्रयोग हुने कच्चापदार्थ जस्तै मकै, चोकर, ढुटो, पिना आदिको नेपालमा उत्पादन कम हुने हुदाँ छिमेकी देश भारत लगायत अन्य राष्ट्रहरुबाट आयात गर्नु पर्ने अवस्था छ जसले गर्दा दानाको मूल्य महँगो हुन जान्छ र उत्पादन लागत बढ्छ । त्येसैले पशु जन्य उत्पादन (दुध, मासु, अन्डा) को मूल्य बृद्दी भई बजारमा बिदेशी उत्पादनसँग प्रदिस्पर्दा गर्न समस्या देखिन्छ ।
    पछिल्लो समय नेपाली समाजमा गाई, भैंसी, बाख्राहरुलाई दाना दिएर पाल्ने चलन बढेसंगै दानाको माग बढेको छ तर कच्चापदार्थ उपलब्ध नहुँदा र ठाउँ ठाउँमा दाना बनाउने उद्योगको कमीले गर्दा दानाको मूल्य दिन दिनै बढिरहेको देखिन्छ । बेला बखत दानाको गुनस्तरमा समेत प्रश्न उठ्ने गरेको छ । त्यसैले दानाको गुणस्तर मापन गरिनुका साथै समय समयमा अनुगमन गर्नु पर्ने देखिन्छ ्र बेल्ला बेला दानको अभाब देखिने हुँदा सहज आपूर्तिमा जोड दिनु आवश्यक देखिन्छ ।
    ७) नश्ल सुधार
    नश्ल सुधार बिना पशुपलानमा व्यवसायिक हुन असम्भव नै छ । नेपालमा अझै पनि नश्ल सुधारको कार्यक्रम प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । कृतिम गर्भाधानको सुविधा सोचे अनुसार देश भरि गाउँ गाउँमा पुग्न सकेको छैन । त्यसैले अझै पनि नेपालमा कम उत्पादन दिने पशुबस्तुको संख्या बढी देखिन्छ । जसले गर्दा किसानलाई कम नाफा कम नाफा हुने गरेको देखिन्छ । त्यसैले पशु क्षेत्रको अन्य विकासको काम सँगसँगै नश्ल सुधारलाई पनि प्रथमिकता दिनु जरुरी छ ।
    यति धेरै समस्या रहेको पशुपालन क्षेत्रमा पछिल्लो समयको कोरन भाइरसको महामारीले गर्दा अझ धेरै चुनौती थपेको छ । कृषकहरुले उत्पादन गरेको कुखुरा, खसी बोका, दुध, अन्डा लगायतका उत्पादन बजारमा लगेर बेच्न पाएका छैनन् । त्यसैले धेरै पशुपालक कृषकहरु व्यवसायबाट नै पलायन हुनु सक्ने आवस्था सिर्जना भएको छ । तर पलायन हुने आवस्थामा पुगेका कृषक तथा नयाँ कृषक जोगाई राख्न आवश्यक देखिन्छ । विदेशबाट फर्किएर आएका नागरिकहरुलाइ पनि यस क्षेत्रमा आकर्षित गर्नु पर्ने देखिन्छ । त्यसैले यो बर्ष पशुपालन तर्फ नयाँ प्रतिफल मुलक कार्यक्रम ल्याउन जरुरी छ । यो बिषयमा संघ, प्रदेश, स्थानीय सरकार सबैको दहित्व हुन आउँछ र संघ, प्रदेश, स्थानियसरकारहरु बीच राम्रो समोनय हुनु आवश्यक छ /
    कृषि तथा पशुपालन क्षेत्रमा रोजगारी सिर्जना गर्ने भन्दै संघ सरकारले जेठ १५ गते बजेट बिनियोजन गरिसकेको अवस्था छ । यसै गरि स्वास्थ तथा कृषि लाई प्राथमिकता दिदैँ ७ वटै प्रदेश सरकारहरुले पनि बजेट सार्बजनिक गरेको छ र स्थानीय सरकारहरु पनि आफ्नो बजेट बनाउने तयारीमा जुटेको देखिन्छ । कृषकहरु बिगत बर्षको कार्यक्रम तथा बजेटबाट असन्तुस्ट छन् । कृषि तथा पशुपालन क्षेत्रलाई साँचै विकास गर्न र कृषकहरुको मन जित्न सरकारले नयाँ कार्यक्रम साथ साथै बजेट कार्यनयानमा जोड दिनु जरुरि देखिन्छ । यस वर्ष पनि विगतका वर्षहरुमा जस्तै परम्परागतरूपमा नै कृषि तथा पशु विकास तर्फको बजेट खर्च गर्ने हो भने कृषि बजेट “बालुवामा पानी हालेको” जस्तै हुनेछ र कृषि विकास “हात लग्यो सुन्य” जस्तै हुने निश्चित छ । अनि कृषि क्रान्तिको नारा, नारामा मात्र सिमित नहोला भन्न सकिन्न ।त्यसैले कृषि तथा पशुपालन क्षेत्रलाई नाफामुलक, व्यवसायीक, प्रतिफल मुलक, प्रदिस्पर्धी, दिगो बनाई देशको दरो अर्थतन्त्र निर्माण गर्न कृषक, व्यापारी, सरकार तथा सरकारी निकायबीच हातेमालो हुनु आवश्यक देख्दछु ।
    –विदुर नपा–२, नुवाकोट

    #अर्थ

    फेसबुक प्रतिक्रिया