बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा थपिए एक कोरोना संक्रमित

    समिकरण न्युज २०७७, १९ असार शुक्रबार १०:३१ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । कोरोना भाइरस(कोभिड–१९) को संक्रमितको संख्या जिल्लामा पनि बढिरहेको छ । नुवाकोटमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।
    शुक्रबार स्वास्थ्य कार्यालय नुवाकोटले विज्ञप्ती जारी गर्दै म्यागङ गाउँपालिका वडा नं. १ का ४२ वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको छ । पीसीआर रिपोर्टमा ति पुरुषमा संक्रमण पुष्टि भएसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । उनी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएका व्यक्ति हुन् । च्वाडी पब्लिक स्कूलको क्वारेनटाइनमा राखिएको उनलाई ज्वरो आएपछि केहीदिन अघि त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको थियो । पहिलो पटक गत जेठ ११ गते नुवाकोटमा कोरोना संक्रमित फेला परेका थिए ।
    हालसम्म १५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने उपचाररत ९ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । संक्रमित मध्ये ८ जना त्रिशूली अस्पतालको आइसोलेसनमा र एक जना खरानीटार अस्पतालको आइसोलेसनमा राखिएका छन् ।

    #समाचार

    फेसबुक प्रतिक्रिया