शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • अजिङ्गरे माविमा कम्प्युटर ल्याब पुनस्र्थापना

    समिकरण न्युज २०७७, १९ असार शुक्रबार १९:०३ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । भूकम्पको कारण क्षतिग्रस्त भई अबरुद्ध भएको अजिङ्गरे माध्यमिक विद्यालयको कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको छ ।
    विदुर नगरपालिका वडा नं. १३ मा रहेको विद्यालयको सूचना प्रविधि सहितको कम्प्युटर ल्याब पुनःस्थापना गरि सञ्चालन गरिएको हो । २०७२ सालको भूकम्पको कारण क्षतिग्रस्त भई अबरुद्ध भएको सूचना प्रविधिसहितको कम्प्युटर ल्याबर विदुर नगरपालिकाको रु. ६ लाख ५० हजार अनुदान सहयोगमा पुनस्र्थापना गरि सञ्चालन गर्न सम्भव भएको प्रधानाध्यापक मुकुन्द नेपालले जानकारी दिनुभयो ।
    ल्याब सञ्चालनमा आएपछि सूचना र सञ्चारको पहुँचबाहिर रहेका विद्यार्थीले यसबाट लाभान्वित हुने विद्यालयले जनाएको छ ।

    #समाचार

    फेसबुक प्रतिक्रिया