शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा कोरोना संक्रमित २६ पुग्यो

    समिकरण न्युज २०७७, २१ असार आईतवार १८:२५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ ।
    आइतबार स्वास्थ्य कार्यालय नुवाकोटले विज्ञप्ती जारी गर्दै दुप्चेश्वर गाउँपालिकाका एक जना २७ वर्षिय पुरुष र किस्पाङ गाउँपालिकाकी एक २० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    पीसीआर रिपोर्टमा संक्रमण पुष्टि भएसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । किस्पाङकी संक्रमित महिलालाई त्रिशूली अस्पतालको आइसोलेसनमा राख्न र दुप्चेश्वरको संक्रमित पुरुषलाई खरानीटारको आइसोलेसनमा राख्न ल्याउँदै गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिनुभयो । दुप्चेश्वरका संक्रमित पुरुष भारतबाट आएका हुन् भने किस्पाङको महिलाको यात्रा विवरण प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
    पहिलो पटक गत जेठ ११ गते नुवाकोटमा कोरोना संक्रमित फेला परेका थिए । हालसम्म १५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया