शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • ओलीको पक्षमा नुवाकोटमा प्रदर्शन

    समिकरण न्युज २०७७, २४ असार बुधबार १९:५७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । स्थिर सरकारको पक्षमा नुवाकोटमा बुधवार प्रदर्शन भएको छ । स्वतन्त्र युवा समूहका नामवाट भएको प्रदर्शनमा सहभागीहरुले वर्तमान सरको पक्षमा नाराजुसलुश गर्दै विदुर परिक्रमा गरेका थिए ।

    युवा विद्यार्थीहरु सहभागी सो जुलुशले प्रधानमन्त्री केपी शर्माओलीको समर्थनमा नाराजुलुश तथा र्याली प्रदर्शन गरेको छ । वर्तमान सरकार नै देशको स्थिर सरकार भएको कारण यहि सरकारले निरनतरता पाउनु पर्ने जुलुशका सहभागीहरुले नारा लगाएका थिए ।

    सहभागीहरुले नेकपा पार्टी एकता मजवुत गरिनुपर्ने, देशमा हरेक समस्याको समाधान वर्तमान सरकामरले नै गर्नसक्ने, भारतीय अतिक्रमणको विरोध गर्दै वजार परिक्रमा गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको राजीनामा माग भइरहेका बेला नुवाकोटको विदुरमा उनका समर्थकले सडकमा प्रदर्शन थालेका हुन् ।

    नेकपा पार्टी कार्यालय विदुरवाट निस्केको जुलुशले सरकार पक्षिय विभिन्न नारा लगाउंदै विदुरचोक, जिल्ला प्रशासन चोक, महालक्ष्मीचोक हुदै लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिणत भएको हो । कोण सभामा विद्यार्थी युवा अनुजकुमार श्रेष्ठ, नवीन प्रधानलगायतले देशमा केपी शर्माओलीको विकल्प कोही पनि हुन नसक्ने जिकिर गरे ।

    स्वतन्त्र युवा समूहका नामवाट सरकारको पक्षमा समर्थन जुलुश गरिए पनि पुर्व नेकपा एमाले तथा ओली पक्षधर युवा विद्यार्थीहरुको सहभागीता रहेको थियो । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीको समर्थनमा बनेको ‘ग्रुप’हरुको आह्वानमा विदुरमा भएको प्रदर्शनमा सहभागीहरुले ‘भारतीय दलाल होसियार’, आई एम विथ केपी ओली जस्ता नारा लगाएका थिए ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया