नुवाकोट । विदुर नगररपालिका वडा नम्बर ११ मा रहेको अजम्बरी साना किसान कृषि सहकारी सस्था लिमिटेडले आफ्नो शेयर सदस्यहरुलाई बुधबार प्लाष्टिक टनेल वितरण गरेको छ ।
साना किसान विकास लघु वित्त वितिय सस्था लिमिटेड गजुरी धादिङको आर्थिक सहयोगमा विदुर नगरपालिका वडा नम्बर १० र ११ मा रहेका १७ जना शेयर सदस्यहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको हो । आधुनिक कृषि प्रणाली अलम्बन गरी मौसमी तथा बेमौसमी तरकारी खेतीको उत्पादनमा बृद्धि गराई कृषकहरुको आर्थिक स्थिति उकास्न सहयोग पुराउने उदेस्यले प्लाष्टिक टनेल वितरण गरिएको सहकारीका प्रवन्धक निराजन प्याकुरेलले बताउनुभएको छ । “एक घर एक साना किसान सदस्य” बनाउने अवधारणा लिएर अघि बसढरहेको सहकारीले सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई आयआर्जनमा केन्द्रित गराउन विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको प्रवन्धक प्याकुरेलले बताउनुभएको छ ।
गाउँ छाडेर रोजगारीको अवसर खोज्दै देशको विभिन्न भूभागदेखि वैदेशिक रोजगारीमा गएकाहरु कोरोना भाइरसको कारण गाउँ फर्किएका छन् । गाउँ फर्किएर बेरोजगार बनेका युवाहरुलाई स्वरोजगार बन्नलाई स्थानीय तह, सहकारी जस्ता संंघसस्थाहरुले उत्प्रेरणा दिनु पर्ने प्लाष्टिक टनेल वितरण कार्यक्रममा सहभागि हुनुभएका वडा नम्बर १० का वडा अध्यक्ष गणेसकुमार नेपालले बताउनुभएको छ । कृषिमा आत्मनिर्भर बनाउदै बेरोजगारीको समस्यालाई न्यूनिकरण गर्नु अहिलेको आवस्यकता रहेको उहाँले बताउनुभएको छ ।
यस्तै वडा नम्बर ११ का वडा अध्यक्ष तोयानाथ तिमिल्सिनाले विश्वव्यापी महामारिको रुपमा फैलिएको कोभिड १९ का कारण नेपाल समेतलाई प्रभावित पारेको र आगामी दिनमा सोबाट सृजना हुनसक्ने आर्थिक एवं खाद्य संकटबाट विदुर नगरपालिका पर्न सक्ने असरबाट नगर वासीहरुलाई बचाउन नगरपालिकाले कृषि उपयोग तथा अनुदान सम्वन्धी कार्यविधि समेत ल्याएको बताउनुभएको छ । आर्थिक आयआर्जन गर्न एवं खाद्य संकटबाट जोगाउन कृषि क्षेत्रलाई प्रवर्धन गर्न आवश्यक भएको र लामो समय देखि धेरै कृषि योग्य जमिनहरु वाझै रहेकोले उक्त जमिनमा कृषिजन्य उत्पादन गर्न स्थानीय कृषकहरुलाई नगरपालिकाले उत्प्रेरित गर्ने वडा अध्यक्ष तिमिल्सिनाले बताउनुभएको छ ।