शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • डाडागाउँमा टिमुर र तेजपात प्रजातीको विरुवा रोपियो ।

    समिकरण न्युज २०७७, २५ असार बिहीबार ०९:०० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर, ककनी गाउँपालिका वडा नम्बर ५ डाडागाउँ स्थित खाली रहेको भूभागमा वृक्षारोपण गरिएको छ ।
    निगाले कोषडाडा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा उक्त स्थानमा टिमुर र तेजपात प्रजातीको १४ सय विरुवा रोपिएको हो । निगाले कोषडाडा सामुदायि वन उपभोक्ता समूहका अध्यक्ष वुद्धराज लामाको अनुसार ७ सय वटा टिमुरको र ७ सय वटा तेजपातको विरुवा रोपिएको हो । नगदेवालीको रुपमा लिइने तेजपात र टिमुरको उत्पादनमा वृद्धि गरी आयआर्जनमा सहयोग पुराउने उदेस्यको साथ वृक्षारोपण गरिएको अध्यक्ष लामाले बताउनुभएको छ ।
    महाङ्कल कृषक आमा समूहको सक्रियतामा डिभिजन वन कार्यलय विदुरबाट विरुवा उपलव्ध भई आयोजित वृक्षारोपण कार्यक्रममा ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले हरेक वर्षको वर्षातको समयमा वृक्षारोपण गरिए पनि संरक्षणमा कसैको चासो जान नसकेको गुनासो गर्नुभएको छ । समुदायकै सक्रियतामा वृक्षारोपण गरिए पछि समुदायले नै अपनत्व लिएर रेखदेख गर्नु आवस्यक रहेको उहाँले बताउनुभएको छ । हावापानी र भूगोल सुहाउदो बोटविरुवा हुर्काउन सकेको खण्डमा समुदायले प्रतिफल सजिलै लिन सक्ने भएकोले गाउँपालिका त्यसैमा केन्द्रित रहेको अध्यक्ष लामाले बताउनुभएको छ ।


    यस्तै वडा अध्यक्ष राम लामा थिङ, नेपाली काङ्ग्रेस ककनी गाउँपालिका सभापती सुपोल लामा, आमा समूहको अध्यक्ष पूर्णिमायाँ लामा लगायतले समुदायको हितको लागि वृक्षारोपण कार्यक्रम गरिएको बताएका छन् ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया