विदुर, उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर सहित देशको सम्पूर्ण जिल्लाभित्र छोटो दुरीको सार्वजनिक सवारी साधन चल्ने भएको छ ।
नेपाल सरकारको मन्त्रिपरिसद बैठकले सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरेको हो । अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले सम्वन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागिएको बताउनुभएको छ । ट्याक्सीमा २ जना मात्र यात्रु राखेर उपत्यका र सम्वन्धित जिल्लाभित्र सञ्चालन गर्न पाइने अर्थ तथा संचारमन्त्री खतिवडाले बताउनुभएको छ ।
सार्वजनिक यातायातका साधन सामाजिक दुरी कायम गरी सञ्चालन गर्नु पर्ने र स्यानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको छ । साथै सवारी साधानका चालक र सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउनु जरुरी रहेको अर्थ तथा संचारमन्त्री खतिवडाले बताउनुभएको छ ।
सार्वजनिक सवारी साधनमा भौतिकदुरी गरी ५० प्रतिशत मात्रै यात्रु राख्नुपर्ने हुन्छ । सवारी साधनमा आधा मात्रै यात्रु हुने भए पछि निश्चित भाडाको ५० प्रतिशत वढी भाडा यात्रुबाट लिन सक्ने बताइएको छ ।