शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • ट्याक्सी दुर्घटना हुँदा खत्रीको निधन

    समिकरण न्युज २०७७, २८ असार आईतवार ०९:०७ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर, विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा ट्याक्सी दुर्घटना हुदा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ घर भएका ५२ वर्षीय नवराज खत्रीको निधन भएको छ ।
    शनिवार दिउसो विदुरबाट गल्छीतर्फ गइरहेको बा.२.ज.५२३३ नम्बरको ट्याक्सी माझिटार स्थित सडकमा दुर्घटना भएको गियो । सडकको ड्रेनमा फसेर दुर्घटना हुदा घाइते हुनुभएका खत्रीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । खत्री उक्त ट्याक्सीका चालक हुन् ।
    ट्याक्सीमा सवार नुवाकोटको तादी गाउँपालिका वडा नम्बर २ का ज्ञानेन्द्र सिलवालको भने स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    #समाचार

    फेसबुक प्रतिक्रिया