बुधबार, १५ मंसिर २०७८
  • adarsha computer nuwakot
  • “उत्पादनमा युवा” भन्ने नाराको साथ ५० प्रतिसत अनुदान दिने गरी बजेट ल्याएका छौँ ।

    समिकरण न्युज २०७७, २९ असार सोमबार ०९:४३ पढ्न लाग्ने समय 4 मिनेट

    कोरोना भाईरसको महामारीका कारण अहिले धेरै जना बेरोजगार भएका छन् भने अझै ठूलो संख्यामा बेरोजगारको संख्या बढ्ने अनुमान गरिएको छ । यस्तै भारत लगायत देशबाट बैदेशिक रोजगारीमा गएका युवाहरु स्वदेश फर्कने क्रम भएकाले उनीहरुलाई पनि रोजगारीको आवश्यकता पर्दछ । युवा स्वरोजगार र युवा स्वरोजगारमा सहयोग पु¥याउने गरि स्थानीय तहले ल्याएको नीति तथा कार्यक्रममा के कस्ता कार्यक्रम समेटेका छन्? आफ्नो बजेटमा ती कार्यक्रमलाई के कसरी समेट्छन् ? लगायतका विषयमा केन्द्रित रही म्यागङ गाउँपालिकाकी उपाध्यक्ष शान्ति लामासँग स्थानीय तहका युवा स्वरोजगार सम्बन्धी नीति तथा कार्यक्रम र योजनाको बारेमा गरिएको कुराकानी ।


    कोरोना भाईरसको महामारीले गर्दा बढ्दै गरेको बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै स्थानीय तहले आफ्नो नीति तथा कर्याक्रममा के कस्ता कार्यक्रमहरु समेटेको छ ?
    युवालाई लक्षित गरेर “उत्पादनमा युवा” भन्ने नाराको साथ ५० प्रतिसत अनुदान दिने गरी बजेट सहितको कार्यक्रम ल्याएका छौँ । विशेष गरीे कृषि तथा पशुलाई प्राथमिकता दिएका छौँ । गाउँपालिकाका युवाहरुको मागको आधारमा उक्त बजेट लगानी गर्नेछौँ । लगानी गरे पछि प्रतिफलको आश हुन्छ नै त्यसैले स्थान विशेषलाई हेरेर कहाँ के गरियो भने लगानी खेर जादैन भन्नेमा हामी सचेत छौँ ।


    नीति तथा कार्यक्रममा समेटिएका युवा स्वरोजगारका कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट कत्ति विनियोजन गरिएको छ ?
    युवा लक्षित स्वरोजगारको लागि ५० प्रतिसत अनुदान दिने गरी गाउँसभाले एक करोड रुपैयाँको प्रस्ताव गरेको छ । उक्त बजेट पास हुन बाँकी रहेको छ ।

    उक्त नीति, कार्यक्रम तथा बजेट मार्फत के कसरी युवा स्वरोजगारमा सहयोग पुग्दछ ?
    पहिलो कुरो युवाहरुको इच्छा हुनु पर्दछ । कुनै पनि काम गर्न इच्छा शक्तिमा भर पर्छ । त्यस्पछि सहभागी हुन पालिकाले बनाएका नीति सँग मेल खाने गरि योजनाको माग आउनु पर्छ । त्यसमा स्थानीय तहले विशेष प्राथमिकता दिनेछ ।


    के स्थानीय तहले छुट्टै स्वरोजगार नीति बनाएको छ ?
    हाम्रो गाउँपालिकाले स्वरोजगार निति बनाएको अवस्था छैन । बनाउने तयारीमा छौ । यस्को आबस्यक्त छ भन्ने कोरोन भाइरसले सिकाएको छ । बिदेश गएका यवाहरु कोरोना भाइरसको प्रकोपको कारण गाउँ फर्किएका छन् । उनीहरु बेरोजगार हुदा उनीहरुको पारिवारिकदेखि सिङ्गो गाउँपालिकामा आर्थिक सङ्कट पर्छ । त्यसैले स्वरोजगार निति बनाएर कार्यान्वयनको पाटोमा हामी लाग्नेछौँ ।


    अघिल्ला आर्थिक वर्षहरुमा पनि युवा स्वरोजगारका कार्यक्रम सञ्चालन भएका थिए । त्यसलाई कार्यान्वयनको लागि कस्ता चुनौतीहरु आए ?
    गत आर्थिक बर्षमा पनि युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसमा म आफैलाई पहिला सफ्टवेयर मा लगानी गर्नु पर्छ अर्थात क्षमता बिकास गर्नु पर्छ तब मात्रै आबस्यक्ता पहिचान गर्न सकिन्छ भन्ने लागेको थियो । त्यसपछि योजना बनाउने अनि आफ्नो अबस्था पहिचान गर्न सहज हुन्छ सम्वन्धित पक्षलाई भन्ने थियो । म कहाँ छु, मैले के गर्न सक्छु भन्ने तिर ध्यान जान्छ र आफ्नो लागि आफै गर्न तत्पर हुन्छन् भन्नेमा ढुक्क थिए । तर त्यसो भएन । सबै कुरामा पर निर्भर हुने ट्रेन बसेको छ । हाम्रो समाज आफ्नो लगानी भन्दा सबै दोश्रो पक्षले गर्दिए हुनि र काम पनि दोश्रो पक्षले नै गर्दिनुपर्छ भन्ने मनसायले जगडिएको छ । त्यसकार कार्यक्रमहरु प्रभावकारी हुन नसकेको महसुस भएको छ । त्यसो भन्दैमा राम्रो गर्नेहरु छैन भन्न खोजेको होइन । उदाहरणहरु पनि छन्, राम्रो काम भएको र अहिले पनिा त्यसलाई निरन्तरता दिइरहेको ।


    राम्रा उदाहरणहरु सम्झिन पर्दा नि ?
    गाउँपालिका स्तरीय उद्घोषण तथा प्रवोजल लेखन तालिमले ब्यबहारमा प्रयोग भएको देखिन्छ। वडा नम्बर ४ मा चिया नर्सरीमा लगानी गरेको उपलव्धी राम्रो छ । २ नम्बरमा सिलाई कटाइ सीप बिकासले ६÷७ जना दिदीबहिनीले जिबिको पार्जन सिलाईबाट गरिरहनुभएको छ । वडा नम्बर ५ र ६ मा लब्सिको परिकार बनाउने तालिम दिएकोमा स्थानीय स्रोत र साधनको प्रयोग राम्रो भइरहेको छ । वडा नम्बर ३ मा बाख्रा बितरण, तरकारी खेती सम्वन्धी तालिम देखि सिचाइमा लगानी गरेका थियौँ । स्थानीयले तरकारी उत्पादन गरी बजार सम्म पुराएर घरायसी आवस्यकताहरु पूरा गरिरहेका छन् ।


    सबै स्थानीय तहले अनुदानका विषयहरु ल्याइरहेको हुन्छ । त्यसको प्रभावकारिता देखिएन भन्ने गरेको पनि सुनिन्छ । अनि पहुचको आधारमा अनुदान जान्छ भन्ने गुनासो पनि आउँछ नि । त्यसलाई कसरी लिनुहुन्छ ?
    स्थानीय तहले ल्याएको अनुदानको प्रभावकारीता नभएको भन्ने बिषयमा गुनासो नआएको हैन । जुन चिज सित्तैमा पाइन्छ तेस्को महत्व कम भएको हो जस्तो लाग्छ । उपयोग गर्ने शैली त उपाभोक्ताको हो नि त्यस्लाई राम्रोसँग प्रयोग गरिदिने नदिने त । पहुचको आधारमा पाउने नपाउने भन्ने जस्तो मलाई लाग्दैन र आफुलाई पाए सहि नपाए गलत भन्ने मान्छेमा साझा सोच नै पाइन्छ । हामीले दिने अनुदानले प्राथमिकिकरण गर्दै गर्दा कोई छुटेको हुन सक्छ त्यसमा पाउनु पर्छ भन्न त पाइयो नि । राज्य पुन संरचनाले स्थानीय सरकारको अबधारणा ल्याएर “पहुँचमा” भन्ने कुराको अन्त्य गर्न लागेको आभाष हुन्छ । स्थानीय तह भनेको त सबै भन्दा जजिकको सरकार, जहाँ सबै जना पुग्न सकिन्छ र सेवा प्रदायक आफ्नै घर आगनमा हुने हुदा पहुच भित्रको र बाहिरको भन्ने हुदैन ।


    नागरिकलाइ स्वरोजगार बन्न स्थानिय तहले प्रोत्साहन त गरिरहेको छ । उनीहरुले बस्तु उत्पादन गर्छन् तर बजारको समस्या दर्साउछन् नि । त्यसलाइ स्थानीय तहले कसरी सम्बोधन गरिरहेको छ ? योजना के छ ?
    गाउँपालिका भित्र उत्पादन भएको बस्तुले बजार नपाएकोको भन्ने गुनासो आएको छैन । समस्या भएको जानकारी आएको खण्डमा बजार ब्यबस्थापन गराउन प्रतिवद्ध छौँ ।

    राम्रो युवा स्वरोजगार कार्यक्रम ल्याउन र प्रभावकारी रुपमा सञ्चालन गर्न आमसञ्चार माध्यम, नागरिक समाजसँगको समन्वय, सहकार्यलाई स्थानिय तहले के कसरी जोड दिइन्छ, योजना के छ ?
    समन्वय सहकार्य गरेपछि सअस्तित्व रहन्छ । हामी एक त सामाजिक प्राणि हौँ भने नीति कार्यक्रम भनेको बनाउनेले बनाएर मात्रै हुदैन । कस्का लागि ?? केका लागि ?? कसरी रु किन ? भन्ने जस्ता सवालको जवाफ आउन सक्ने गरि र नीति बनाउनु औपचारिकताको लागि मात्र नभई कार्यन्वनलाई प्रभाबकारीता दिनु हो । युवा स्वरोजगारको कुरा गर्दा युवा बर्गको ईच्छा आवस्यकता, जस्ले गरिरहेको छ कृषि पशुमा लगानी उहाँहरुको अनुभब आदान प्रदान गर्ने, हामीले गर्न लागेका कामको बारेमा नागरिक समाजदेखि सञ्चार माध्यमलाई जानकारी दिनु आवस्यक छ । यस्ता सम्बद्ध पक्षलाई एउटै हलमा राखेर बिचारको मनथन गर्ने तयारीमा छौ । जस्ले गर्दा हामीले गरेको कामको टिकातिप्पणी होस् र हामीलाई काम गर्ने उर्जा मिलोस् ।


    अन्त्यमा युवा स्वरोजगारको विषयलाइ लिएर के भन्न चाहानु हुन्छ ? युवाहरुलाई सल्लाह सहित बताइदिनु न ।
    युवा शक्ति भनेको देशको खम्बा हो । आफुलाई जिम्मेवार नागरिकको रुपमा लिइ फुर्सद र खालि हात नबसि आफु संग रहेको सीप र क्षमताको प्रयोग ग,र्नुपर्दछ । स्थानीय स्रोत र साधनको प्रयोगमा बढि ध्यान दिनु आवस्यक छ । सयम सापेक्षित कृषि उत्पादनमा जोड दिनु पर्छ । सकारात्मक सोच लिने र आफुलाई रचनात्मक अनि सृजानात्मक कार्यमा लगाउनु पर्छ । सघियाताको पहिलो अभ्यासमा रहेको स्थानीय सरकारले गरेको कामलाई जानकार राखि सल्लाह र सुझाब दिनु हुन पनि सबैमा आग्रह गर्दछु ।

    (त्रिशुली खवर साप्ताहिकमा प्रकासित)

    #समाचार

    फेसबुक प्रतिक्रिया