बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • स्वास्थ्य सस्थामा सुत्केरी हुने ३६ प्रतिसत

    समिकरण न्युज २०७७, ३० असार मंगलवार ०७:३६ पढ्न लाग्ने समय < 1 मिनेट

    आर्थिक वर्ष २०७६÷७७ मा नुवाकोटका ३६ दशमलब १ प्रतिसतले स्वास्थ्य सस्थामा गई सुत्केरी गराएका छन् ।
    परम्परागत रुपमा घरमा नै सुत्केरी हुने दरलाई न्यूनिकरण गर्न, आमा र नवजात शिशुको स्वास्थ्य र पोषणलाई मधयनजर गर्दै तीन तहको सरकारले प्रोत्साहन गरिरहेता पनि स्वास्थ्य सस्थामा गई सुत्केरी गराउने दर यस वर्ष ३६ दशमलव १ प्रतिसत मात्रै रहेको छ । त्यसमा पनि दक्ष प्रसुतीकर्मीबाट सुत्केरी हुने दर ३५ दशमलव ६ प्रतिसत रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका पव्लिक हेल्थ नर्स तिलोतमा खनालले बताउनुभएको छ ।
    खनालको अनुसार सल्यक्रियाबाट ७ प्रतिसत सुत्केरी भएका छन् । नेपाल सरकारको नियम अनुसार गर्भवतीले नियमित रुपमा अर्थात कम्तीमा चार पटक (गर्भ बसेको ४, ६, ८ र ९ महिनामा) गर्भजाँच गराउनैपर्छ । चालु आर्थिक वर्षको अन्त्य सम्ममा नुवाकोटमा पहिलो पटक गर्भवती जाँच गराउने ३७ दशमलव २ प्रतिसत रहेको छ भने प्रोटोकल अनुसार चार पटक गर्भवती जाँच गराउने २५ प्रतिसत मात्रै रहेको छ ।
    जिल्लाको १२ वटा स्थानीय तह मध्ये दुप्चेश्वर गाउँपालिकामा सबै भन्दा वढी अर्थात ४१ दशमलव ६ प्रतिसतले नेपाल सरकारको प्रोटोकल अनुसार यस वर्ष गर्भ जाँच गराएका छन् भने ५९ प्रतिसतले गर्भ रहेको ४ महिनामा स्वास्थ्य सस्था गई पहिलो पटक गर्भ जाँच गराएका छन् ।

    #समाचार

    फेसबुक प्रतिक्रिया