शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो

    समिकरण न्युज २०७७, ३० असार मंगलवार १७:५९ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर, नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ ।
    मंगलवार तादी गाउँपालिकाका १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै नुवाकोटमा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको हो । विगत २ हप्तादेखि खरानीटारमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका तादी गाउँपालिका वडा नम्बर २ का पुरुषमा कोरोना पुष्टि भएको तादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदराज खरेलले बताउनुभएको छ । उनलाई क्वारेन्टाइनबाट खरानीटारमा नै रहेको आइशुलेसन कक्षमा लगि सकिएको स्वास्थ्य शाखा प्रमुख खरेलले बताउनुभएको छ ।
    स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार कोरोना भाइरस सङ्क्रमित भएकाहरु मध्ये २३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । त्रिशुली अस्पतालमा रहेको आइशुलेसनमा ५ जना, खरानीटारको आइशुलेसनमा २ जना र पाटन अस्पतालमा १ जना कोरोना सङ्क्रमितहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय नु्वाकोटका सूचना अधिकारी उत्तम खनालले बताउनुभएको छ ।
    स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार जिल्लाको १२ स्थानीय तह मध्ये तार्केश्वर गाउँपालिकामा सबैभन्दा वढी सङ्क्रमित भेट्टिएको छ । तार्केश्वर गाउँपालिकाको १२ जनालाई कोरोना भाइरस सङ्क्रमण भएको स्वास्थ्य कार्यालय नुवाकनोटका सूचना अधिकारी खनालले बताए । खनालको अनुसार अहिलेसम्म ककनी गाउँपालिकामा १, म्यागङ गाउँपालिकामा ४, विदुर नगरपालिकामा ४, तादी गाउँपालिकामा २, दुप्चेश्वर गाउँपालिकामा ३, बेलकोटगढी नगरपालिकामा २ र किस्पाङ गाउँपालिकाको २ जनालाई कोरोना सङ्क्रमण भएको हो ।

    #समाचार

    फेसबुक प्रतिक्रिया