शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • श्रमिकको ज्याला दर निर्धारण

    समिकरण न्युज २०७७, ३ श्रावण शनिबार ०८:३७ पढ्न लाग्ने समय 2 मिनेट

    विदुर, जिल्ला प्रसासन कार्यालय नुवाकोटले चालु आर्थिक वर्ष २०७७÷७८ को लागि श्रमिकहरुको ज्याला दर निर्धारण गरेको छ ।
    श्रमिक सङ्गठन, निर्माण व्यवसायी, उद्योग वााणिज्य संघ, विकास निर्माणका क्रियाकलाप गर्ने सरकारी कार्यालय लगायतसँगको परामर्श, नेपाल राष्ट्र बैङ्कबाट प्रकासित ज्यालादर सूचांक तथा उपभोक्ता मूल्य सूचांक, हालको बजार मूल्य र श्रमिकहरुको उपलव्धतालाई समेत आधार मानेर श्रमिकहरुको ज्याला दर निर्धारण गरेको जनाएको छ । कामदारको ज्याला निर्धारण गरि नयाँ जिल्ला दररेटको प्रस्ताव गर्न गठित जिल्ला दररेट निर्धारण उपसमितिको संयोजक एवं जिल्ला समन्वय अधिकारीको अध्यक्षतामा गएको असार १५ गते बसेको बैठकले उक्त दररेट निर्धारण गरेको हो ।
    सार्वजनिक खरिद नियमनावली, २०६४ को नियम १४८ को उपनियम बमोजिम नुवाकोटको लागि निर्माण सामाग्री, ढुवानी, मेसिन तथा कामदारको ज्याला निर्धारण गर्न असार १५ गते गठित उपसमितिले असार १६ गते पेश गरेको प्रतिवेदन उपयुक्त रहेको भन्दै अनुमोदन समेत गरिएको छ ।
    निर्धारण गरिएको दररेट अनुसार दक्ष कामदार अन्तरगतको व्लाष्टरले प्रतिदिन १ हजार २ सय रुपैयाँ, रक डिलर, हेभि ड्राइभर, वेल्डर, विस्पोटक पदार्थ ढुवानी गर्ने ज्यामी, डकर्मी, सिकर्मी, नकर्मी, वज्रकर्मी, चित्रकारी, हेभि सुनियर अपरेटर र कम्युटर अपरेटरलाई १ हजार रुपैयाँ तोकिएको छ । अर्ददक्ष कामदाले प्रति दिन प्रतिव्यक्ति ७ सय ६० रुपैयाँ, अदक्ष कामदार अन्तर्गत रहेका ज्यामी, भरिया, ज्यामी नाइके, जुनियर अपरेटर, उत्प्रेरक, हेभी हेल्पर, सर्भे हेल्पर, इटा बनाउने, साधारण हेल्पर, नर्सरी नाइके, क्याम्पर वर्कर, लगायतलाई ७ सय ३० रुपैयाँ, मौसम रेकर्डरलाई ५ सय रुपैयाँ, सडकमा काम गर्ने लेन्थ वकरलाई ४ सय ८० रुपैयाँ, निर्माण सुपरभाइजरलाई ५ सय ६० रुपैयाँ, निर्माण सुपरभाइजर प्राविधिकलाई ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।
    यस्तै लाइट ड्राइभरलाई ६ सय ६० रुपैयाँ, प्याच वकरलाई ५ सय ६० रुपैयाँ, लेन्थ कवर सुपरभाइजरलाई ६ सय ४० रुपैयाँ र झाडु लगाउनेलाई ५ सय ४० रुपैयाँ ज्याला दर निर्धारण गरिएको छ ।
    श्रमिकको उमेर १६ वर्ष पार गरेको र दैनिक काम गर्ने अवधी ८ घण्टालाई आधार मानेर यस आर्थिक वर्षको लागि श्रमिकहरुको ज्याला दर निर्धारण गरिएको जिल्ला प्रसासन कार्यालय नुवाकोटले जनाएको छ ।

    #समाज

    फेसबुक प्रतिक्रिया