तादी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
तादी गाउँपालिका वडा नम्बर ४ निवासी १६ वर्षीय शिवराम कुईकेललाई ब्लड क्यान्सर भएकोले उपचार गराइरहनुभएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण गाउँपालिकामा कार्यरत ३८ जना कर्मचारीहरुबाट सहयोग रकम सङ्कलन गरी उहाँको परिवारलाई हस्तान्तरण गरिएको हो । गाउँपालिकाका कर्मचारी पशुपती मैनालीको अग्रसरतामा २९ हजार ३ सय रुपैयाँ विरामीका दिदी शारदा कुईकेललाई हस्तान्तरण गरिसकिएको छ ।
यस अघि कुईकेलको उपचारलाई मध्यनजर गर्दै तादी गाउँपालिकाले ५० हजार रुपैयाँ उपलव्ध गराइसकिएको गाउँपालिकाका कम्युटर अपरेटर राजेश श्रेष्ठले बताउनुभएको छ ।