शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • ३८औँ विपी स्मृति दिवस– नुवाकोटमा रक्तदान कार्यक्रम आयोजना

    समिकरण न्युज २०७७, ६ श्रावण मंगलवार ११:४४ पढ्न लाग्ने समय < 1 मिनेट


    ३८औँ विपी स्मृति दिवसको अवसरमा नुवाकोटमा रक्तदान कार्यक्रम गरिएको छ ।
    नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नुवाकोटको आयोजनामा भएको उक्त कार्यक्रममा १० जनाले रक्तदान गरेका छन् ।

    रक्तदान नै जीवन दान हो भन्ने उद्घोषको साथ सञ्चालित उक्त कार्यक्रमलाई संवोधन गर्नुहुदै नेपाली काङ्ग्रेसका जिल्ला सभापती जगदीश्वरनरसिंह केसीले विपीको चिन्तन र विचार ओझेलमा पर्न थालेको आभाष भइरहेको बताउनुभएको छ । विपीको आर्थिक निति, समाजवादी चिन्तन लगायतको पाटोलाई नेपाल कम्युनिष्ट पार्टीेले समेत स्वीकार गरेको सभापती केसीले बताउनुभएकोे छ ।


    विश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरस, वर्षातको कारण उत्पन्न हुने विपदमा मात्र नभई अन्य समयमा पनि रगतको मागलाई परिपूर्ति गर्न विभिन्न अवसरमा आयोजित रक्तदान कार्यक्रमले टेवा पुग्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका मन्त्री हरी श्रेष्ठले बताउनुभएको छ ।
    ३८औँ विपी स्मृति दिवसको अवसरमा देविघाट स्थित वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई फलफूल समेत वितरण गरिएको नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले जानकारी दिनुभएको छ ।
    नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
    उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुराउनुभएको छ । उहाँको नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

    #राजनीति

    फेसबुक प्रतिक्रिया