नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं संघिय सांसद बहादुरसिंह लामा तामाङले पत्रकार कुनै एक राजनैतिक दलको मुकपत्र बन्न नहुने बताउनुभएको छ ।
नुवाकोटबाट प्रकासित हुदै आएको उत्तरगया दैनिक निरन्तरताको तेस्रो वर्ष प्रवेसको अवसरमा आयोजित कृष्णमाया, लिलानाथ स्मृती कृयाशिल पत्रकारिता पुरस्कार प्रदान कार्यक्रमलाई संवोधन गर्नुहुदै संसाद तामाङले पत्रकार सधै स्वतन्त्र भई निष्पक्ष रुपमा आवाज विहिनहरुको आवाज बन्न तर्फ लाग्नुपर्ने बताउनुभएको छ । विपदको समयमा नागरिकको ज्यान जोगाउन पत्रकारको योगदान पनि उलेख्य रहने भएकोले सत्यतथ्यमा आधारित भई समाचार तथा सूचना सम्प्रेशण गर्नुपर्ने सांसद तामाङले बताउनुभएको छ । पत्रकारको हित नहुने खालका विधेयक तथा नियक कानुन बनाउन तर्फ नेपाल सरकार रहेकोले सदैव त्यसको विरोधमा आफू उत्रने समेत सांसद तामाङले बताउनुभएको छ ।
यस्तै वागमती प्रदेशका सांसद हिरानाथ खतिवडाले प्रमाण जुटाएर समाचार सम्प्रेसण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । राजनैतिक दलको पक्षमा भन्दा नागरिकको हितको पक्षमा पत्रकार सामेल हुनुपर्ने खतिवडाले बताउनुभएको छ । प्रदेश स्तरीय विभिन्न योजनाहरु जिल्लामा ल्याएकोले त्यसको सफल कार्यान्वयनको लागि आफू तल्लिन रहेको उहाँको भनाई रहेको छ ।
यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सञ्चारको माध्यमहरु दिनानुदिन बढ्ने क्रममा रहेकोले आफू आवद्ध सञ्चार माध्यमलाई गुणस्तरीयता दिन तर्फ पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । व्यवसायिक पत्रकारिताको नाममा सञ्चार माध्यमलाई विज्ञापन केन्द्रित बनाउन नहुने उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटमा उपप्रमुख अप्सरा थापा, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ, बिदुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष टलकमान श्रेष्ठ, नेपाली काङ्ग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारी, जिल्ला प्रवक्ता राजु थापा, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, चेम्बर अफ कर्म नुवाकोटका अध्यक्ष कबिन्द्रमान प्रधान, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष सन्तोष उप्रेती, नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य विष्णुराज नेपाल, नेपाल पत्रकार महासंघ वागमती प्रदेश सदस्य रामहरी गजुरेल, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, प्रेश युनियन नुवाकोटका पूर्व अध्यक्ष श्रीराम नेपाल, बर्तमान अध्यक्ष नमराज सुबेदी लगायतले जिल्लामा दैनिक रुपमा प्रकासित हुने पत्रिकाको आवस्यकता रहेकोले त्यसको परिपूर्ति गर्न उत्तरगया दैनिकको भूमिका उल्लेख्य रहेको बताएका छन् ।
कृष्णमाया, लिलानाथ स्मृती कृयाशिल पत्रकारिता पुरस्कार पत्रकार भट्टलाई
उत्तरगैया दैनिकका प्रकासक शिव देवकोटाको स्वर्गीय माता पिताको नामबाट स्थापना गरिएको कृष्णमाया, लिलानाथ स्मृती कृयाशिल पत्रकारिता पुरस्कार पत्रकार देवचन्द्र भट्टलाई प्रदान गरिएको छ । विगत २ दशक भन्दा वढी समय पत्रकारिता पेशामा बिताइसक्नुभएको पत्रकार भट्टलाई नगद २५ हजार रुपैयाँ सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको हो । सम्मान ग्रहण गर्नुहुदै पत्रकार भट्टले जीवनको उर्जाशिल समय पत्रकारितामा नै बितेकोले जीवनको बाँकी समय पनि पत्रकारिता पेशामा नै बिताउन कृष्णमाया, लिलानाथ स्मृती कृयाशिल पत्रकारिता पुरस्कारले थप हौसला प्रदान गरेको बताउनुभएको छ । रेडियो भैरवीका संचालक एवं अन्नपूर्ण पोष्ट दैनिकका जिल्ला संवाददाता समेत रहनुभएका भट्टले विगतको तुलनामा समाचारको विषयवस्तु खोज्न सहज भएता पनि अस्वस्थ प्रतिष्पर्धाको कारण समस्या हुने गरेको बताउनुभएको छ ।
यस्तै पत्रिकाको उत्कृष्ट विज्ञापन दाताको रुपमा विरेन्द्र कुमार गुणिलाई सम्मान समेत गरिएको छ ।
जिल्लाकै ठूलो धनराशीको पुरस्कार स्थापना गरी आफ्नै पेशाका सहकर्मीलाई सम्मान गर्ने कार्य थालनी गरिएको भन्दै त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने उत्तरगया दैनिकका प्रकासक देवकोटाले बताउनुभएको छ । साघुरो बजारका विच हिम्मत जुटाएर दैनिक रुपमा पत्रिका प्रकासन गर्न चुनौति भएता पनि पेशालाई नागरिकको पहुचसम्म जोड्न प्रयत्नशिल रहेको बताउनुभएको छ । स्थानीय तहहरुले सञ्चार निति बनाएर विकास पत्रकारिता स्थापना गर्ने घोषणा समेत गरिसकेको भन्दै देवकोटाले श्रमजिवी पत्रकारहरुको काममा हौसला मिलेको समेत बताउनुभएको छ ।