शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा घर भत्किदा वृद्धको मृत्यु, पहिरोमा पुरियो पाँच घर

    समिकरण न्युज २०७७, ९ श्रावण शुक्रबार १३:२६ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । बेलकोगटगढी नगरपालिकामा अविरल वर्षाको कारण घर भत्किदा एक जनाको मृत्यु भएको छ । पहिरोले पाँच घर समेत पुरेको छ ।
    बेलकोटगढी नपा–८ हर्रेमा ढुंगामाटोले बनेको कच्चि घर गए राती अविरल वर्षाको कारण भत्किदा च्यापिएर ६८ वर्षिय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुँयालले जानकारी दिनुभयो ।
    यस्तै बेलकोटगढी नपा वडा नंं. ५ दुईपिपल डबली नजिकै पहिरोले पाँच घर पुरेको छ । शुक्रबार विहान आएको पहिरोले पाँघ घर पुरिएको हो ।
    स्थानीयवासीहरुका अनुसार २ वटा भैसी र २० वटा भन्दा बाख्रासमेत पहिरोले पुरेको छ । स्थानीय नारायण अनुसार पहिरोको कारण बस्तमा रहेका ४० घर भन्दा बढी जोखिममा परेको छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिन थालिएको छ । अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया