बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • बसमा कोचाकोच यात्रु, न मास्क न स्यानिटाइजर

    समिकरण न्युज २०७७, ११ श्रावण आईतवार १७:२५ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । सरकारले सार्वजनिक यातायात जिल्लाभित्र सञ्चालन गर्न दिने निर्णय गरेपछि नुवाकोटमा पनि स्थानीय रुटहरुमा सार्वजनिक सवारीसाधन सञ्चालन हुन थालेको छ ।
    तर, सरकारले भनेको स्वास्थ्य सुरक्षाको मापदण्डमा भने न यातायात सञ्चालकले ध्यान दिएका छन् न यात्रुले । सरकारले दुई जना अट्ने सिटमा एक जनामात्र यात्रु राख्ने भनेर साविकको भाडादरमा ५० प्रतिशत बढाएर भाडा लिन अनुमति दिए अनुसारमा भाडा चाहि बढाएर लिइरहेका व्यवसायीहरुले सरकारले तोकेको स्वास्थ्य मापदण्ड भने पुरा नगरेको सरोकारवाालहरुले बताएका छन् ।
    बसमा यात्रु कोचाकोच राखिएको छ । मास्क नलाएका यात्रुलाई पनि बसमा राखिएको छ भने दुईजना अट्ने सिटमा एक जनामात्र राख्नु पर्ने मापदण्ड पनि पुरा गरेका छैनन् । स्यानिटाइजर राखेर अनिवार्य प्रयोग गर्न दिने मापदण्ड पनि पुरा गरेका छैनन् । भाडा बढाएर लिन पाइने मापदण्ड भने पुरा गरेको यात्रुहरुले बताएका छन् ।

    #समाचार

    फेसबुक प्रतिक्रिया