नुवाकोट । नुवाकोटमा कोरोना भाइरस संक्रमित आइतबार एक जना थपिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा सूर्यगढी गाउँपालिका वडा नं. १ का ३४ वर्षिय पुरुषमा पोजेटिभ देखिएको हो । गाउँपालिकाको क्वारेनटाइनमा राखिएको ति पुरुषको गत शुक्रबार आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर परीक्षणको लागि स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो ।
यी युवासंगै नुवाकोटका कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । २ जना त्रिशूली अस्पतालको आइसोलेसनमा र एक जना सशस्त्र प्रहरी बलको कोभिड अस्पतालको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो । नुवाकोटका ३४ जना कोरोना संक्रमितहरुले कोरोना जितेर घर फर्किसकेका छन् ।