बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • गजल

    समिकरण न्युज २०७७, ११ श्रावण आईतवार १८:०६ पढ्न लाग्ने समय < 1 मिनेट

    घर न घाटको भएको त बा ले पिएर हो ।
    उ टुहुरो भएको पनि आमा झुण्डीएर हो ।

    पोईल गएकी श्रीमती पनि फेरि स्वीकार्‍यो,
    सायद आफ्ना साना नानीहरु सम्झिएर हो ।

    उ जेलको चिसो छिडीमा रहनुको कारण,
    अगेना छेउमा राखेको नौनी पग्लिएर हो ।

    आमालाई ब्यथाले च्याप्दै गएको बुझ्नु भो नि?
    आफ्नै छोरोको पनि चुल्हो अलग्गिएर हो

    यसरी बारम्बार प्रहार मात्र किन गर्छौ हँ?
    कि तिम्रो दिन कि मेरो दिन सकिएर हो ?

    कविन्द्र घिमिरे
    ककनी २ नुवाकोट

    #साहित्य

    फेसबुक प्रतिक्रिया