नुवाकोट । नुवाकोटमा कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ । मंगलबार एक जना थपिएसँगै जिल्लामा कोरोना भाइरसको पीसीआर परीक्षणमा पोजेटिभ देखिनेको संख्या ३८ पुगेको छ ।
मंगलबार तारकेश्वर गाउँपालिकाका एक जना ३१ वर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टिभएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३८ पुगेको हो ।
संक्रमित मध्ये ४ जना आइसोलेसनमा रहेका छन् भने ३४ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।