
नुवाकोट । कोरोनाको जोखिम न्युनिकरणको सरकारले नागरिकलाई अनिवार्य मास्क लगाउन भने पनि सरकारको निर्देशन पालना नगर्नेहरु कारवाहीमा परेका छन् ।
नुवाकोटमा मास्क नलगाउनेलाई प्रहरीले समाउँदै जरिवाना गराउन थालेको छ । मंगलबार विदुरलगायत विभिन्न स्थानमा छड्के जाँच गर्ने क्रममा मास्क नलगाएका ६५ जनालाई एक सय रूपैयाँको दरले जरिवाना गराई छाडिएएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो । प्रहरीले मास्क नलगाउनेहरुबाट ६ हजार पाँच सय जरिवाना असुल गरेको हो ।
मास्क नलाउने तथा सामाजिक दुरी कायम नगर्ने ६ सय जनालाई सम्झाई बुझाई छाडिएको पनि प्रहरीले जनाएको छ ।
यस्तै, विदुर १ ढुंगेका चेकजाँच गर्नेक्रममा त्रिशूलीबाट कोल्पुटारतर्फ जादै गरेको लु १ ज १७९४ नम्बरको माइक्रोबसले तोकिएको भन्दा बढी यात्रु सवार गराएको पाइएकोले नियमानुसार जरिवाना गरि छाडिएको प्रहरीले जनाएको छ ।