बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • कस्ता छन् बाघ सम्बन्धी उखानहरु ?

    समिकरण न्युज २०७७, १४ श्रावण बुधबार १७:५२ पढ्न लाग्ने समय < 1 मिनेट

    आज अन्तर्राष्ट्रिय बाघ दिवस हो । नेपाल बाघ पाइने मुलुकमा पर्छ । नेपालमा अहिले २ सय ३५ वटा पाटे बाघ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । नेपालमा सन् २०१० मा १ सय २१ वटा बाघ रहेकोमा सन् २०२२ सम्म २ सय ५० वटा बाघ पु¥याउने लक्ष्य रहेकोमा नेपाल लक्ष्यको नजिक पुगेको छ । नेपालसहित १३ देशमा बाघ पाइन्छ ।

    नेपाली समाजमा बाघ सम्बन्धी धेरै उखानहरु प्रचलित रहेको छ । बाघ संकटमा पर्दै गए पनि हाम्रो समाजमा प्रचलित उखान भने संकटमा परेको छैन । प्रस्तुत छ केही उखानहरु ः
    –घरको बाघ वनको बिरालो ।
    –बाघको छालाको स्यालको रजाई ।
    –डराउने मान्छेलाई रुखको ठूटो नि बाघ बन्छ ।
    –बाघ बुढो भए नि घाँस खाँदैन ।
    –बाघ बुढो र स्याल तन्नेरी ।
    –मरेको बाघको जुँगा उखेल्ने ।
    –पुस महिना फासफुस माघ महिना बाघ हो ।
    –बलिया बाङ्गा बाघलाई बुढापाका माघलाई ।
    –बाघ बुढो भयो भने नि शिकार गर्न छाड्दैन ।
    –बाघ बुढो भयो भने फट्यांग्रा समाउँछ ।
    –बाघ लाग्यो घिच्याउन, उ लाग्यो चिच्याउन ।
    –बाघ कराउनु बाख्रो हराउनु ।
    –बाघ मरेपछि छालाले बाँच्छ, मान्छे नामले ।
    –बाघको मुख खाए नि रातै नखाए नि रातै ।
    –बाघ देख्न बिरालो हेर्नु, शत्रु देख्न दाजुभाइको हेर्नु ।
    –जोक्कर बाघ पस्यो भने सबै सोत्तर पार्छ ।
    –वनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ ।
    –बाघको न्यास्रो लागे बिरालोको अनुहार हेर्नु ।
    –बाछो खाने बाघले पाडोलाई नि बाँकी राख्दैन ।
    –उत्ताउलो गाई बाघले खाई ।
    –कागजको बाघ ।
    –बाघ समाउन गएको खरायोले खस्र्याक्क गर्दा मुर्छा ।
    –स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्नु पर्छ ।
    –बाघको बाटो बाघ हिड्छ, सर्पको बाटो सर्प ।

    –आँटी छोरीलाई बाघले नि खाँदैन ।
    –बाघका सय गोठ ।

    #समाचार

    फेसबुक प्रतिक्रिया