शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • गरिबीको कारण आत्महत्या !

    समिकरण न्युज २०७७, १५ श्रावण बिहीबार १६:२७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । गरिबीको कारण नुवाकोटमा ४४ जनाले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा पछिल्लो तीन वर्षका गरिबीको कारण ४४ जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्नुको विभिन्न कारणमध्ये गरिबीको कारण आत्महत्या गर्नेको संख्या दोस्रोमा रहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो । प्रहरी उपरिक्षक काफ्लेका अनुसार जिल्लाका पछिल्लो तीन वर्षमा सामान्य विवादमा आवेशमा आई ८८ जना, गरिबीको कारण ४४ जना, प्रेममा धोका खाएको कारण ५ जना, दीर्घ रोगका कारण १० जना, मानसिक रोगका कारण २१ जना, अन्य कारणले ३ जना गरी १ सय ७२ जनाले आत्महत्या गरेका छन् ।
    जिल्लामा गत आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्यामा वृद्धि समेत भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६१ जनाले आत्महत्या गरेकोमा आ.व. ०७५/७६मा घटेर ४६मा झरेको थियो भने गत आ.व.०७६/७७ मा बढेर ६५ पुगेको प्रहरीले जनाएको छ ।
    आत्महत्या जिल्लामा विकराल बन्दै गएकोले आत्महत्या विरुद्धको अभियानलाई सबै सरोकारवालाहरुले अघि बढाउन ढिला भईसकेको प्रहरी उपरिक्षक काफ्लेको भनाई छ । सामान्य विवादमा समेत मानिसहरुले ज्यान फालेको कयौँ घटनाहरु पटक पटक भईरहनु देशको लागि राम्रो संकेत नभएकोले सामाजिक अभियन्ता, सामाजिक अगुवा, घर परिवारहरुले गम्भीरतापूर्वक लिनु पर्ने प्रहरीको भनाई रहेको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया