शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटको विदुरमा पनि निशेधाज्ञा !

    समिकरण न्युज २०७७, १५ श्रावण बिहीबार २२:०४ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । कोरोना संक्रमित भेटिएपछि विहिबार मध्यरातदेखि लागु हुने गरी विदुर नगरपालिका वडा नम्बर ८ मा निशेधाज्ञा जारी गरिएको छ ।
    त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको कोभिड १९ सङ्क्रमण परीक्षण नतिजा अनुसार विदुर नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्नको लागि उक्त वडाको केउरेनी आसपासको चारकिल्लामा निशेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सार्वजनिक गरेको सूचना अनुसार पूर्वमा सुनाखेती चौतारा, पश्चिममा पिडालुवारी, उत्तरमा टाँडे विसौना, दक्षिणमा केउरेनी पञ्चकन्या मन्दिर क्षेत्रको चार किल्लामा निशेधाज्ञा जारी गरिएको हो ।
    उक्त क्षेत्रमा कोरोना सङ्क्रमण फैलन नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक ऐन २०२० को दफा २ अनुसार उक्त क्षेत्रमा निशेधाज्ञा जारी गरिएको हो । अत्यावस्यक सेवा (खाद्यान्न, औषधी, ग्यास, दूध, तेल, खानेपानी, लगायत) बाहेक अन्य कार्य सञ्चालन गर्न नपाइने समेत प्रशासन कार्यालयले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया