बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • नुवाकोटमा थपिए ५ संक्रमित

    समिकरण न्युज २०७७, १६ श्रावण शुक्रबार १७:५० पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । नुवाकोटमा एकैदिन ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ ।

    स्वास्थ्य कार्यालय नुवाकोटले शुक्रबार जनाए अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र त्रिवि शिक्षक अस्पताल महाराजगञ्जबाट प्राप्त रिपोर्ट अनुसार पीपीआर परीक्षणबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको हो । विदुर नगरपालिका वडा नं.८ की एक २७ वर्षिया महिला, बेलकोटगढी नगरपालिकाका एक जना पुरुष वर्ष २७ को, शिवपुरी गाउँपालिकाको एक जना पुरुष वर्ष २४ को र पञ्चकन्या गाउँपालिकाका ३१ र २४ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।

    शिवपुरी र बेलकोटगढीका संक्रमितहरु काठमाडौंमा आइसोलेसनमा रहेका छन् भने विदुर र पञ्चकन्याका संक्रमितहरु त्रिशूली अस्पतालको आइसोलेसनमा रहेका छन् । अहिले काठमाडौंमा ३ र त्रिशूली अस्पतालमा ३ जना गरी ६ जना आइसोलेसनमा रहेका छन् । संक्रमितको अवस्था सामान्य रहेको छ ।

    कोरोना संक्रममित मध्ये ३७ जनाले कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया