बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • घरमै पुगेर नागरिकता प्रदान !

    समिकरण न्युज २०७७, १६ श्रावण शुक्रबार १८:२८ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले शारिरीक अशक्तताका कारणले स्वयं कार्यालयमा आइ सेवा लिन नसक्ने नागरिकहरुका लागि घरमै पुगी सेवा प्रदान गर्ने कार्यको शुरुवात गरेको छ ।

    विदुर नगरपालिका वडा नं २ पाटीपानीका ८० वर्षिया विष्णुमाया कसाईलाई उहाँकै घरमा पुगी नागरिकता प्रमाणपत्र प्रदान गरिएको हो । शारिरीक अपाङ्गता र उमेर समेतका कारण कार्यालयमा आई सेवा लिन संभव नभएकोले नागरिकता प्राप्तिका लागि आवश्यक पर्ने कागजात तयार गरी कार्यालयको सबै प्रक्रिया पूरा गरी प्रशासकीय अधिकृत सुरेश श्रेष्ठको नेतृत्वमा टोली खटाइ नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो ।

    कोही सदरमुकाम आउनै नसक्ने अशक्त, अपांगता भएका, ज्येष्ठ नागरिकहरु हुनुहुन्छ भने आवश्यक कागजात अरुमार्फत ल्याएर प्रक्रिया पुरा गरी नागरिकता प्रदान गर्न प्रशासनले कर्मचारी खटाउने प्रजिअ ढकालले बताउनुभयो । ‘नागरिकता भनेको अधिकार हो । यो अधिकार सहज रुपमा प्रदान गर्नको लागि प्रशासन कार्यालय सधैँ सक्रिय भइरहेको छ’ प्रजिअ ढकालले भन्नुभयो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया