शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • थपिए एक जना संक्रमित, कोरोनामुक्त जिल्लाबाट हट्यो रसुवा

    समिकरण न्युज २०७७, १९ श्रावण सोमबार १९:१७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । छिमेकी जिल्ला रसुवा १७ दिनअघि कोरोनामुक्त जिल्ला भएको थियो । तर, सोमबार एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोनामुक्त जिल्लाको सूचीबाट रसुवा बाहिरिएको छ ।
    सोमबार उत्तरगया गाउँपालिकाका२३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी भारतबाट आएर भुवनेस्वरी क्वारेन्टिनमा बसिरहेका थिए ।
    साउन २ गते रसुवाका सबै संक्रमित निको भएपछि जिल्ला कोरोना मुक्त भएको थियो । रसुवामा हालसम्म १२ जनामा कोरोना पुष्टि भएकोमा ११ जना निको भएर घर फर्किसकेका छन् । नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा २ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
    स्वास्थ्य कार्यालय रसुवाका अनुसार हालसम्म १ सय ९६ वटा स्वाब संकलन गरिएको छ । अहिले जिल्लाको विभिन्न क्वारेन्टिनमा ११ जनालाई राखिएको छ । जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ ।
    देशभर पछिल्लो २४ घन्टामा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४१८ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । पछिल्लो २४ घन्टामा ३ सय ५८ जना डिस्चार्ज भएका छन् । योसंगै डिस्चार्ज हुनेको संख्या १४ हजार ९ सय ६१ जना पुगेको छ । हालसम्म नेपालमा ५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया