
नुवाकोट । लकडाउन खुकुलो भएपश्चात मास्क नलगाई हिड्ने ३ सय ३५ जना कारवाहीमा परेका छन् ।
मास्क नलगाई हिड्नेलाई प्रहरीले रु. एक सय जरिवाना गर्ने गरेको छ । हालसम्म ३ सय ३५ जनालाई मास्क नलगाएको भन्दै एक सय जरिवाना गराउँदा हालसम्म रु. ३३ हजार पाँच सय संकलन भएको प्रहरीले जनाएको छ ।
आजमात्र आज इन्टेक, त्रिशूली बजार र गंगटेमा चेकजाँचको क्रममा मास्क लगाउन अटेर गर्ने ६५ जना कारवाहीमा परेका छन् । प्रहरीले कोरोनाको जोखिम न्युनिकरणको लागि भन्दै मास्क अनिवार्य लगाउन आग्रह गरेको छ । प्रहरीले ३ हजार ३ सय जनाभन्दा बढीलाई सम्झाई बु्झाई गरि पठाएको छ ।