शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • बेत्रावतीमा मनाइयो गाईजात्रा

    समिकरण न्युज २०७७, २० श्रावण मंगलवार १२:५८ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नुवाकोट र रसुवाको सीमाना बेत्रावती क्षेत्रका मंगलबार गाईजात्रा पर्व मनाइएको छ । कोरोना भाइरसका कारण जिल्लाका अन्य स्थानमा गाईजात्रा तथा लाखे नाच प्रदर्शन नभए पनि बेत्रावतीमा भने सञ्चालन भएको छ ।
    परम्परालाई निरन्तरता स्वरुप छोटो समय गाईजात्रा गरिएको स्थानीयले बताएका छन् । स्थानीय कृष्ण मन्दिरमा विधिवत् रुपमा पुजापाठ, भजनकिर्तन, लाखे नाँच र गाईजात्रा गरि करिव एक घण्टामा कार्यक्रम सम्पन्न गरिएको कलाकार शशिकुमार डंगोलले जानकारी दिनुभयो ।
    एउटा मूल गाई र तीन वटा साधारण गाई निकालिएको थियो । संस्कृति लोप हुन नदिनको लागि स्थानीयमात्र भेला भएर छोटो समय जात्रा प्रदर्शन गरिएको उनीहरुको भनाई छ । सहन डंगोलले खिचेका केही तस्वीरहरु ः

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया