शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • राहदानी दस्तुरबाट मात्रै २ करोड १२ लाख रुपैयाँ भन्दा वढी राजस्व सङ्कलन

    समिकरण न्युज २०७७, २० श्रावण मंगलवार १४:०१ पढ्न लाग्ने समय 2 मिनेट

    नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत आर्थिक वर्ष २०७६÷७७ मा २ करोड १५ लाख ५५ हजार ६ सय ३१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार सबैभन्दा बढी राजस्व राहदानी दस्तुरबाट सङ्कलन गरेको छ । राहदानी दस्तुरबाट मात्रै २ करोड १२ लाख ७ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । यस्तै सस्था दर्ताबाट २ लाख २७ हजार ९ सय २० रुपैयाँ, हातहतियार नामसारी तथा नवीकरणबाट ४ हजार ७ सय ४० रुपैयाँ, प्रशासनिक दण्ड जरिवानाबाट ७५ हजार १ सय ३० रुपैयाँ, परीक्षा दस्तुरबाट ९ हजार २ सय रुपैयाँ र २१ हजार १ सय ४१ रुपैयाँ बेरुजु असुलीबाट राजस्व सङ्कलन भएको प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिनुभएको छ ।
    भट्टको अनुसार १० लाख ९ हजार ८ सय ९१ रुपैयाँ धरौटी प्राप्त भएकोमा ६ लाख ४ हजार ९ सय ५१ रुपैयाँ धरौटी फिर्ता भएको छ ।
    गत आर्थिक वर्षमा वंशजको आधारमा ४ हजार ६ सय ४५ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ । ती मध्ये २ हजार ३ सय ६५ जना महिला र २ हजार २ सय ८० पुरुषले वंशजको आधारमा नागरिकता लिएका हुन् । ४ हजार १ सय ३७ जनालाई प्रतिलिपि नागरिकता, बैवाहिक अंगिकृत नागरिकता ३ जनालाई वितरण गर्नुको साथै २७ हजार ६७ जनाको पुरानो नागरिकताको अभिलेखिकरण गरिएको थियो ।
    यस्तै जिल्ला प्रशासन कार्यालयले ३ हजार ७ सय २ जनालाई राहदानी प्रदान गरेको छ । १ हजार ८ सय ५९ महिला र २ हजार ६ सय ९५ पुरुष गरी ४ हजार ५ सय ५४ जनाको राहदानी आवेदन फारम सङ्कलन गरेको थियो । २ हजार ६ सय ५७ जनालाई द्रुत सिफारिस मार्फत राहदानी प्रदान गरिएको र ८ सय १ जनाको राहदानी वितरण गर्न बाँकी रहेको बताइएको छ । गत वर्ष ५६ वटा सस्था दर्ता र १ सय ३८ वटा सस्था नविकरण गरिएको छ । २ सय ३७ जनाको नावालक परिचय पत्र जारी, १ सय ९२ वटा ठाडो उजुरी दर्ता, पत्रपत्रिका दर्ता २ वटा, छापाखाना दर्ता १ वटा, हातहतियार नवीकरण १३, भूत पूर्व शैनिक पेन्सिन सिफारिस ३७, विस्फोट पदार्थ इजाजत पत्र नवीरकरण १२ र अन्य ४ सय ७२ वटा सिफारिस गरेको थियो ।
    गत वर्ष विपदमा परेका १३ परिवारलाई ५ लाख ३१ हजार रुपैयाँ प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    #अर्थ

    फेसबुक प्रतिक्रिया