बुधबार, ६ असोज २०७८
  • adarsha computer nuwakot
  • पिसिआर ल्याव स्थापना तथा सञ्चालन गर्न आवस्यक रकम उपलव्ध गराउने सांसद खतिवडाको प्रतिवद्धता

    समिकरण न्युज २०७७, २२ श्रावण बिहीबार १९:५८ पढ्न लाग्ने समय < 1 मिनेट

    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत प्राप्त हुने रकम पिसिआर ल्याव स्थापना तथा सञ्चालन गर्न आवस्यक खर्च गरिने संघिय सांसद नारायणप्रसाद खतिवडाले बताउनुभएको छ ।
    जिल्ला कोरोना भाइरस सङ्कट व्यवस्थापन केन्द्र नुवाकोटको विहिवार बसेको बैठकमा सहभागि हुनुभएका सांसद खतिवडाले जिल्ला अस्पताल त्रिशुलीमा पिसिआर ल्याव स्थापना तथा सञ्चालन गर्न ७६ लाख रुपैयाँ सम्मको बजेट विनियोजन गरिने बताउनुभएको छ । कोरोना भाइरस परिक्षणको लागि यहाँका नागरिकहरुको स्वाव सङ्कलन गरि राजधानी लगायत सम्वन्धित निकायसम्म पठाउदा ढिलो नतिजा आउने समस्यालाई मध्यनजर गर्दै जिल्लामा नै पिसिआर ल्याव स्थापना तथा सञ्चालन गर्न लागिएको हो ।
    उक्त उपकरण तत्कालको लागि विदुर नगरपालिकाले खरिद गर्ने र उपकरण खरिद गर्न लाग्ने रकम स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत प्राप्त हुने बजेटबाट नगरपालिकालाई उपलव्ध गराउने प्रतिवद्धता सांसद खतिवडाले जनाउनुभएको छ ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया