शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नुवाकोटमा समुदायस्तरमा फैलियो कोरोना, एकैदिन सात जना संक्रमित

    समिकरण न्युज २०७७, २३ श्रावण शुक्रबार १४:०८ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नुवाकोटमा आज एकै दिन सात जनामा कोरोना संक्रमण भएको छ । विदेश गएकाहरुको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिदै आएको नुवाकोटमा अब भने स्थानीयमा समेत देखिन थालेपछि जोखिम बढेको छ ।
    केही दिन अघि कोरोना संक्रमित भएकाहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्नेक्रममा सातजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । विदुर नगरपालिकाको ६ जना पञ्चकन्या गाउँपालिकाको एक जनामा संक्रमण पुष्टि भएको हो । विदुर नगरपालिकामा संक्रमित भएकाहरुमा ४ जना ‘कन्ट्याकट्रेसिङ’बाट फेला परेको र दुई जना अन्य भएको स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
    पञ्चकन्याका संक्रमित विदेशबाट आएर क्वारेनटिनमा बसेको र पाँच दिन अघि पीसीआर परीक्षणमा नेगेटिभ आएर घर पठाइएका र फेरि शंका लागेर नमूना परीक्षणको लागि पठाउँदा पोजेटिभ आएको गाउँपालिका अध्यक्ष तेजबहादुर लामाले जानकारी दिनुभयो ।
    जिल्लामा यति धेरै संख्यामा एकैदिन संक्रमित फेला परेको पहिलो पटक हो । जिल्लामा हालसम्म ५३ जनामा संक्रमण भएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किसकेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया