
नुवाकोट । नुवाकोटमा आज भेटिएको सात जना कोरोनासंक्रमित मध्ये त्रिशूली अस्पताल र आर्मी व्यारेकका समेत रहेका छन् ।
विदुर नगरपालिकाका ६ जना संक्रमितमध्ये जबरजंग गणको एक जना र त्रिशूली अस्पतालका एक जना अहेब समेत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । अन्य ४ जना विदुर नपाको कोलनी क्षेत्रका यसअघि संक्रमितको सम्पर्कमा आएकाहरु रहेका छन् । एक जना पञ्चकन्या गाउँपालिकाका हुन् ।