शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • फेरी एक थपिए, नुवाकोटमा एकैदिन ८ जना संक्रमित

    समिकरण न्युज २०७७, २३ श्रावण शुक्रबार १८:१८ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नुवाकोटमा आज थप एक जना कोरोना संक्रमित फेला परेको छ । जिल्लामा आज एकैदिन ८ जना संक्रमित थपिएका छन् ।
    लिखु गाउँपालिका थानसिङका एक ३२ वर्षिय पुरुषमा कोरोना भाइरसको पीसीआर परीक्षणमा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । काठमाडौंमा रहदै आएका उनी केही दिनअघि भेटिएका लिखुका एक संक्रमितका साथी भएको जानकारी प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अन्य ७ जना संक्रमितहरुमा एक जना जबरजंग गणका आर्मी, एक जना त्रिशूली अस्पतालका स्वास्थ्यकर्मी, एक जना पञ्चकन्या गापा र ४ जना विदुर नपा कोलोनी क्षेत्रका हुन् ।
    जिल्लामा हालसम्म ५४ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ३६ जना निको भईसकेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया