शनिबार, ९ असोज २०७८
  • adarsha computer nuwakot
  • स्व.योगमाया टंककुमारी क्रियाशिल पत्रकारिता पुरस्कारको स्थापना

    समिकरण न्युज २०७७, २३ श्रावण शुक्रबार २०:५५ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोटबाट प्रकासित हुदै आएको सुन्दरादेवी सन्देश साप्ताहिकको वार्षिकोत्सवको अवसरमा जिल्लामा क्रियाशिल एक पत्रकारलाई नगद सहित सम्मान गरिने भएको छ ।
    जिल्लामा क्रियासिल रुपमा पत्रकारिता गरिरहेका मध्येबाट एक जनालाई प्रदान गरिने उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । उक्त पुरस्कारको नाम स्व. योगमाया टंककुमारी क्रियाशिल पत्रकारिता पुरस्कार राखिएको छ । पत्रिकाका प्रकाशक किरण अधिकारीको बुवाको माता योगमाँया अधिकारी र आमाको माता टंककुमारी भण्डारीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।
    जिल्लामा लामो समयदेखि सक्रिय रुपमा पत्रकारिता पेशा अंगालिरहेका एक जना पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने र पुरस्कारको राशि समेत बढाउदै लैजाने अधिकारीले जानकारी दिनुभएको छ । उहाँको अनुसार उक्त पुरस्कारलाई राष्ट्रियकरण समेत गरिनेछ ।
    यस्तै योगमाया टंककुमारी स्मृति प्रतिष्ठान समेत दर्ता गरेर अघि बढ्ने लक्ष्य लिइएको अधिकारीले बताउनुभएको छ ।

    #समाचार

    फेसबुक प्रतिक्रिया